सम्पति बाँड्ने घोषणा गरे अमिताभले

timthumb-3बलिउडका ख्यातीप्राप्त अभिनेता अमिताभ बच्चनले लैंगिक समानतालाई बल पुर्याउन आफ्नो सम्पत्तिको आधा भाग छोरी श्वेता नन्दालाई पनि दिने घोषणा गरेका छन्। ७४ वर्षीय सुपरस्टारले आफ्नो ट्विटर अकाउन्टमा यसको घोषणा गर्दै लेखेका छन्, ‘हामी समान हौं‘लैगिक समानता।’उनले आफ्नो निधनपछि आफ्नो सम्पत्तिमा छोरा अभिषेक र छोरी स्वेताको बराबरी भाग लाग्ने बताए।

लैगिक समानताकै विषयमा आधारित ‘पिकं’ फिल्ममा अमिताभले प्रभावशाली अभिनय गरेका थिए। उनी अभिनित ‘सरकार–३’ रिलिजको तयारीमा रहेको छ। एक समय झण्डै टाट पल्टिएका अमिताभसँग हाल करिब २८०० करोड भारू बराबरको अचल सम्पति रहेको छ। सन् २०१५ मा उनलाई बलिउडका दोस्रा सबैभन्दा धनी अभिनेता घोषणा गरिएको थियो।

उनले वार्षिकरूपमा ६ देखी १० करोड भारू कर तर्छन्। उनको सम्पतिमा उनीसँग रहेका जग्गा जमिन, नगद(पैसा, विलासी गाडीहरू तथा घरहरू पर्छन्। त्यस्तै उनीसँग महँगा घडी तथा पेन्टिङहरूको संग्रह समेत रहेको छ।

लामो समयदेखी बलिउडमा निरन्तर सक्रिय अमिताभले हाल पनि राम्रो कमाइ गर्दे आएका छन्। आमिताभ वार्किक कमाइ २५ देखी ३० करोड भारूको बिचमा रहँदै आएको छ। उनले फिम, विज्ञापन आदिबाट यो आम्दनी गर्ने गर्छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा