संधै स्वस्थ र सफल रहन बिहानै यी कार्यहरु गर्नुहोस

blogger-image-710133797-1यदि दिनको शुरुवात हामीले अल्छी गरेर गर्यौँ भने त्यो दिन राम्रोसँग बित्दैन । शरीरमा फूर्ति हुँदैन र काममा पनि फोकस गर्न सकिँदैन । यदि हामीले बिहान १० बजेभन्दा पहिले १० कुरामा ध्यान दियौँ भने हाम्रो दिन निकै रमाईलो र फूर्तिलो पारामा बित्छ । जसका लागि हामीले शेड्युल फलो गर्नु आवश्यक छ । तर सबैको लागि एउटै रुटिङ सहज नहुन पनि सक्छ । त्यसकारण हामीले मिलाएर यी कामहरु गर्न सक्छौँ ।

आज हामी १० यस्ता कुराहरुको बारेमा जानकारी दिँदैछौँ जसलाई दिनहुँ गर्नाले हामी सधै स्वस्थ र फूर्तिलो रहन्छौँ । छिटो उठ्नु दिनको शुरुवात छिटो भयो भने कामहरु पनि छिटो हुन्छन् । त्यस कारण बिहान छिटो उठ्नुहोस् । छिटो उठ्नाले स्ट्रेश कम हुन्छ र पूरै दिन रमाईलो तरिकाले बित्छ ।

शारीरिक व्यायाम शारीरिक व्यायामले रगतको बहावमा वृद्धि हुन्छ । यसले शरीर र दिमागको कार्यहरु सहज राख्न मद्दत मिल्छ । शारीरिक व्यायामको क्रममा शरीरमा एंडोर्फिन हार्मोनको स्तर बढ्छ, जसले तपाईँको मुड राम्रो रहन्छ र दिनभर फूर्तिलो राख्छ ।

योगा दिनहुँ योगा गर्नाले दिमाग स्वस्थ रहन्छ । योगाले स्मरण शक्ति वृद्धि गर्न र स्ट्रेश कम गर्न सहयोग गर्छ । यसले दिनभर दिमागलाई पनि शान्त राख्छ ।

घाम ताप्नु बिहान केही समय घाम ताप्नु स्वास्थ्यको लागि फाईदाजनक हुन्छ । यसबाट शरीरलाई पर्याप्त भिटामीन डी मिल्छ । बिहानको घामले शरीरमा सेरोटोनिन बनाउँछ जसले तपाईँको मुड पनि राम्रो रहन्छ ।

कागती पानी कागती पानीले शरीरमा भएको टक्सिन्स बाहिर निकाल्छ र दिनभर फूर्तिलो रहन मद्दत गर्छ । त्यस्तै कागतीमा भएको एन्टिअक्सीडेन्ट्सले क्यान्सर, डायबिटिज जस्ता रोगहरुबाट पनि टाढा राख्छ ।

नुहाउनु बिहान नुहाउनाले रक्त सञ्चार राम्रो हुन्छ । जसले तपाईँलाई दिनभर ईनर्जेटिक बनाईराख्छ । तर हामीले धेरै समय लगाएर नुहाउनु भने राम्रो हुँदैन ।

पढ्नु बिहान केही प्रेरणा प्राप्त हुने किताबहरु पढ्नु पनि तपाईँको लागि फाईदा जनक रहनेछ । बिहान बिहान पढ्नाले स्ट्रेस कम हुन्छ भने कन्फिडेन्ट्स लेवल पनि बढ्छ । जसका कारण तपाईँ दिनभर प्रोडक्टिभ रहनुहुनेछ ।

मोबाईल प्रयोग नगर्ने बिहान सकेसम्म मोबाईल प्रयोग नगर्नुहोस् । मोबाईल प्रयोग नगर्नाले स्ट्रेस कम हुन्छ र काममा ध्यान जान्छ । त्यस्तै मोबाईलको प्रयोग नगर्नाले काम राम्रोसँग पूरा हुन्छ र दिमाग पनि शान्त रहन्छ ।

ब्रेकफास्ट धेरै तेल र नुन भएको ब्रेकफास्टले कमजोर बनाउने भएका कारण ब्रेकफास्टमा फलफूल र प्रोटीनयुक्त खानेकुराहरु खाने गर्नुपर्छ ।

पुदिनाको प्रयोग पुदिनाले श्वासलाई ताजा राख्न मद्दत गर्छ । त्यस कारण पुदिना फ्लेभरको टुथपेस्ट प्रयोग गर्ने गर्नुहोस् । त्यस्तै यहि फ्लेभरको चक्लेट पनि प्रयोग गर्नु राम्रो हुन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली