अख्तियारद्वारा उड्डयन प्राधिकरणमा छापा

akhtiyar-durupayog-nibaran-ayog_mnhzgXiUPA-750x500चैत १, २०७३ काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरुलाई करोडौ रुपैयाँ गैरकानुनी रुपमा बोनस दिन लागेको आशंका गरी सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा गई सम्बन्धित कागजात कब्जामा लिएको छ। अख्तियारको एक टोली प्राधिकरण गई कर्मचारीहरुलाई बोनसबापत करोडौं रुपैयाँ बाँड्नका लागि निर्णय गरिएको फाइल कब्जामा लिइएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।

प्राधिकरण र सो अन्तर्गतका निकायमा हाल ८ सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन्। उनीहरु सबैलाई बोनस दिनका लागि प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेको बताइन्छ। अख्तियारबाट प्राप्त जानकारीअनुसार ती कर्मचारीहरुलाई बोनसबापत रकम बाँड्दा झन्डै ५४ करोड रुपैयाँ जाने थाहा पाएका कारण सम्बन्धित फाइल कब्जामा लिइएको हो।

अख्तियारका प्रवक्ता कोइरालाले प्राधिकरणले बाँड्न लागेको बोनसबापतको रकम कानुनी हो वा गैरकानुनी हो भन्ने बारेमा अनुसन्धान गरी निष्कर्षमा पुगिने उल्लेख गरे। अख्तियारका सम्बन्धित कर्मचारीले भने, ‘प्राधिकरणले गैरकानुनी रुपमा बोनस बाँड्न लागेको हो भन्नेमा हामीेले प्रारम्भिक रुपमा अनुमान गरेका छौं। हाम्रो यो अनुमान मिल्छ जस्तो लागेको छ।’

पर्यटनमन्त्री जीवनबहादुर शाहीले पनि प्राधिकरणका कर्मचारीहरुलाई बोनस दिने कार्यमा सहमति जनाएको कागजी रुपमा देखिएको अख्तियार स्रोतले जानकारी दियो। शाहीले हाल अर्कै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। अख्तियारले दिएको जानकारीअनुसार मन्त्री शाहीले आफूले पर्यटन मन्त्रालय छाड्ने क्रममा त्यस्तो सहमति दिएको बताइएको छ। थाहा खबर बाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,