आगामी स्थानीय चुनावमा पनि भाग नलिने वैद्य माओवादीको उद्घोष

Mohan-Baidhyaकाठमाडौं, २९ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी बैशाख ३१ मा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भाग नलिने भएको छ ।

आइतबार क्रान्तिकारी माओवादी केन्द्रीय सचिवालय समितिको बैठकले बैशाख ३१ मा स्थानीय निर्वाचन हुनै नसक्ने निश्कर्ष निकाल्दै निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको  छ, ‘ सरकारद्वारा आगामी बैशाख ३१ गते चुनावको मिति घोषणा गरिएकोमा वर्तमान राज्यसत्ता तथा व्यवस्था पक्षधर राजनीतिक शक्तिहरुकाबीच अन्तरविरोध चर्कदै गएको, उनिहरु आफैले बनाएको संविधान पनि पहिले प्रदेशको निर्वाचन गरी स्थानीय निर्वाचन गर्नुपर्नेमा सो, नभएकाले हाम्रो पार्टी यस प्रकारको स्थिति र सो मितिमा गरिने निर्वाचन अौचित्य हीन रहेको ठहर गर्दछ ।’

वैद्यले विज्ञप्तिमा नेपाल भित्रै प्रवेश गरेर नेपाली युवाको हत्या गर्ने र सीमा अतिक्रमण गर्ने भारतीयको व्यवहार अक्षम्य रहेको बताएका छन् । विज्ञप्तिमा भारतीय पक्षको ज्यादतिविरुद्ध आगामी चैत ५ गते देशव्यापी रुपमा विरोध गर्ने जनाएको छ ।

अध्यक्ष मोहन वैद्यले जारी गर्नुभएको विज्ञप्तिमा विशेष, संरक्षित क्षेत्र र स्थानीय स्वायत्ततापछि मात्रै स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने उल्लेख गरेका छन् ।

बैठकले राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाको पक्षमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले गरेको ज्यादतिको भारत सरकारबाट माफी माग्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा