मोबाइल मर्मतबाटै करोडपति: सीप भए विदेश जान पर्दैन

mobile_marmat-750x390हेटौंडा । १२ बर्ष अघिको कुरा । उ बेला अहिले जस्तो हात हातमा स्मार्ट फोन थिएनन् । मोबाइल बोक्नेहरू नै उस्तो कहाँ थिए र । नोकिया, सामसुङ र मोटोरोलाका कि प्याड वाला सेट त्यो बेला खुब चल्तीमा थिए ।

मोबाइलका साना तिना समस्या, सिम राख्न र सेटिङ मिलाउन पनि धेरैलाई ज्ञान थिएन । पर्साको ठोरी गौतमनगरका पवेन्द्र आचार्यले नयाँ पेसा अगाल्ने आँट गरे, त्यो पनि परिवार र आफन्त कसैले अहिलेसम्म नगरेको । पवेन्द्रले विरगंजमा सानो मोबाइल मर्मत केन्द्र खोले । लगानी त्यस्तै ३६ हजार जतिमा ।

छरछिमेकका धेरै साथी विदेशतिर लाग्दा उनको मन पनि नभाँडिएको कहाँ हो र । दुबइ जाने योजनामा प्रकृया अगाडि पनि बढाइ सकेका थिए । त्यसै बेला इराकमा १२ नेपालीको हत्या भयो । पवेन्द्रको मन मोडियो ।’ विदेश जान्न, जे सकिन्छ नेपालमै गर्छु ।’

त्यसो त भारतको  इन्डियन इन्स्टिच्युट अफ हार्डवेयर टेक्नोलोजीमा उनले १ वर्षको तालिम नलिएको भए प्राविधिक काममा हात हाल्ने आँट आउने थिएन । १ वर्षे तालिमलाई नै उनले जीवन बदल्ने आधार माने ।

विरगंजको कमाइ राम्रै थियो । तर पहिलो मधेश आन्दोलनले व्यवसायमा नराम्रो असर गर्‍यो । उनले विरगंजबाट हेटौंडामा आफ्नो व्यवसाय सारे ।

केही वर्षमै करोडपती

२०६४ सालमा हेटौंडाको मध्यबजारमा सालिक नजिकै उनले ‘सिलिकम सोलुसन’को नाममा मोबाइल सर्भिस सेन्टर सुरु गरे । हेटौंडामा काम सुरू गरेको दिनदेखि आजसम्म निराश हुनु परको छैन् । बिग्रेका मोबाइल बनाउने पवेन्द्रको दिन पनि सप्रेका मात्रै छन् ।

अहिले उनि हेटौंडाका नाम चलेका मोबाइल मेकानिक हुन् । मोबाइल देखि ल्यापटपको समस्या लिएर सर्वसाधारण देखि व्यापारीहरु सम्म उनकोमा धाउँछन् ।

‘मैले दिल्लीमा सिकेको सीप मजाले सदुपयोग गर्ने मौका पाए, उनले भने,  ‘सेवा पनि भयो, कमाइ पनि भयो ।’ महिनाको १ लाख भन्दा बढि आम्दानी जोगिने बताउँछन् पवेन्द्र ।

पबेन्द्रसँग अहिले डेढ करोड भन्दा बढिको घर(घरेडी छ । ३६ हजारबाट सुरू गरेको सर्भिस सेन्टर ३६ लाख भन्दा बढिको भइसकेको छ । केही समय मोटरसाइकलमै हुइकिए, भर्खरै नयाँ कार पनि किनेका छन् । ‘हेटौंडा आएर जे जोडेको छु त्यो सबै मोबाइल सर्भिसबाटै हो, घरको अंश चलाएको छैन्, पवेन्द्रले भने ।

पबेन्द्रसँग अहिले डेढ करोड भन्दा बढिको घर(घरेडी छ । ३६ हजारबाट सुरू गरेको सर्भिस सेन्टर ३६ लाख भन्दा बढिको भइसकेको छ । केही समय मोटरसाइकलमै हुइकिए, भर्खरै नयाँ कार पनि किनेका छन् ।

सीप बाँडदै समाजसेवा

पवेन्द्रले मोबाइल रिपेरिङका गर्ने मेकानिक मात्र होइनन् । प्रशिक्षक पनि बनेर धेरैलाई सीप सिकाएका छन् । सिटीइभिटीबाट मान्यता प्राप्त प्रशिक्षक बनेर उनले करिब दुई सय युवालाई तालिम दिएका छन् । ‘मैले तालिम दिएका अधिकांश साथीहरुले राम्रो व्यावसाय चलाएका छन्’ उनले भने ।

यसमा करियर छ

यतिबेला स्मार्टफोनले बजार लिएको छ । यसभित्रका फिचर, सफ्टवेयर, डिस्प्ले, चार्जिङ र पावर सेक्सन साथै अन्य टेक्निकल पार्टका बारेमा धेरै उपभोक्तालाई थाहा हुँदैन् । यसलाई आधार बनाएर नयाँ व्यवसाय सुरु गर्ने हो भने जीवन जीवने आधार बन्न सक्छ भन्छन् पबेन्द्र ।

सिटीइभिटी तथा अन्य निजी स्तरमा खुलेका तालिम केन्द्रहरुमा सीप सिक्न पाइन्छ । गैर सरकारी संस्थाहरुले पनि तालिम दिन्छन् । पवेनद्र भन्छन् – ‘कुनै सीप सिकेर व्यवसायमा प्रवेश गर्ने हो भने पैसाकै लागि विदेश गइरहनु पर्दैन् ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना