मोबाइल मर्मतबाटै करोडपति: सीप भए विदेश जान पर्दैन

mobile_marmat-750x390हेटौंडा । १२ बर्ष अघिको कुरा । उ बेला अहिले जस्तो हात हातमा स्मार्ट फोन थिएनन् । मोबाइल बोक्नेहरू नै उस्तो कहाँ थिए र । नोकिया, सामसुङ र मोटोरोलाका कि प्याड वाला सेट त्यो बेला खुब चल्तीमा थिए ।

मोबाइलका साना तिना समस्या, सिम राख्न र सेटिङ मिलाउन पनि धेरैलाई ज्ञान थिएन । पर्साको ठोरी गौतमनगरका पवेन्द्र आचार्यले नयाँ पेसा अगाल्ने आँट गरे, त्यो पनि परिवार र आफन्त कसैले अहिलेसम्म नगरेको । पवेन्द्रले विरगंजमा सानो मोबाइल मर्मत केन्द्र खोले । लगानी त्यस्तै ३६ हजार जतिमा ।

छरछिमेकका धेरै साथी विदेशतिर लाग्दा उनको मन पनि नभाँडिएको कहाँ हो र । दुबइ जाने योजनामा प्रकृया अगाडि पनि बढाइ सकेका थिए । त्यसै बेला इराकमा १२ नेपालीको हत्या भयो । पवेन्द्रको मन मोडियो ।’ विदेश जान्न, जे सकिन्छ नेपालमै गर्छु ।’

त्यसो त भारतको  इन्डियन इन्स्टिच्युट अफ हार्डवेयर टेक्नोलोजीमा उनले १ वर्षको तालिम नलिएको भए प्राविधिक काममा हात हाल्ने आँट आउने थिएन । १ वर्षे तालिमलाई नै उनले जीवन बदल्ने आधार माने ।

विरगंजको कमाइ राम्रै थियो । तर पहिलो मधेश आन्दोलनले व्यवसायमा नराम्रो असर गर्‍यो । उनले विरगंजबाट हेटौंडामा आफ्नो व्यवसाय सारे ।

केही वर्षमै करोडपती

२०६४ सालमा हेटौंडाको मध्यबजारमा सालिक नजिकै उनले ‘सिलिकम सोलुसन’को नाममा मोबाइल सर्भिस सेन्टर सुरु गरे । हेटौंडामा काम सुरू गरेको दिनदेखि आजसम्म निराश हुनु परको छैन् । बिग्रेका मोबाइल बनाउने पवेन्द्रको दिन पनि सप्रेका मात्रै छन् ।

अहिले उनि हेटौंडाका नाम चलेका मोबाइल मेकानिक हुन् । मोबाइल देखि ल्यापटपको समस्या लिएर सर्वसाधारण देखि व्यापारीहरु सम्म उनकोमा धाउँछन् ।

‘मैले दिल्लीमा सिकेको सीप मजाले सदुपयोग गर्ने मौका पाए, उनले भने,  ‘सेवा पनि भयो, कमाइ पनि भयो ।’ महिनाको १ लाख भन्दा बढि आम्दानी जोगिने बताउँछन् पवेन्द्र ।

पबेन्द्रसँग अहिले डेढ करोड भन्दा बढिको घर(घरेडी छ । ३६ हजारबाट सुरू गरेको सर्भिस सेन्टर ३६ लाख भन्दा बढिको भइसकेको छ । केही समय मोटरसाइकलमै हुइकिए, भर्खरै नयाँ कार पनि किनेका छन् । ‘हेटौंडा आएर जे जोडेको छु त्यो सबै मोबाइल सर्भिसबाटै हो, घरको अंश चलाएको छैन्, पवेन्द्रले भने ।

पबेन्द्रसँग अहिले डेढ करोड भन्दा बढिको घर(घरेडी छ । ३६ हजारबाट सुरू गरेको सर्भिस सेन्टर ३६ लाख भन्दा बढिको भइसकेको छ । केही समय मोटरसाइकलमै हुइकिए, भर्खरै नयाँ कार पनि किनेका छन् ।

सीप बाँडदै समाजसेवा

पवेन्द्रले मोबाइल रिपेरिङका गर्ने मेकानिक मात्र होइनन् । प्रशिक्षक पनि बनेर धेरैलाई सीप सिकाएका छन् । सिटीइभिटीबाट मान्यता प्राप्त प्रशिक्षक बनेर उनले करिब दुई सय युवालाई तालिम दिएका छन् । ‘मैले तालिम दिएका अधिकांश साथीहरुले राम्रो व्यावसाय चलाएका छन्’ उनले भने ।

यसमा करियर छ

यतिबेला स्मार्टफोनले बजार लिएको छ । यसभित्रका फिचर, सफ्टवेयर, डिस्प्ले, चार्जिङ र पावर सेक्सन साथै अन्य टेक्निकल पार्टका बारेमा धेरै उपभोक्तालाई थाहा हुँदैन् । यसलाई आधार बनाएर नयाँ व्यवसाय सुरु गर्ने हो भने जीवन जीवने आधार बन्न सक्छ भन्छन् पबेन्द्र ।

सिटीइभिटी तथा अन्य निजी स्तरमा खुलेका तालिम केन्द्रहरुमा सीप सिक्न पाइन्छ । गैर सरकारी संस्थाहरुले पनि तालिम दिन्छन् । पवेनद्र भन्छन् – ‘कुनै सीप सिकेर व्यवसायमा प्रवेश गर्ने हो भने पैसाकै लागि विदेश गइरहनु पर्दैन् ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार