नेप्सेमा १६ अङ्कले वृद्धि

Nepal-Stock-Exchangeकाठमाडौं, २१ फागुन । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन एक हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ ।

गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार सात सय ३४ कारोबारबाट एक अर्ब ५३ करोड ३१ लाख ६४ हजार बराबरका ३३ लाख २० हजार पाँच सय १० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ४४ दशमलव २ प्रतिशत कम हो । गत साता एक सय ६१ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २८ हजार ६८ कारोबारबाट दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार बराबरका ६२ लाख ३४ हजार तीन सय ५० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अङ्कले बढेर २८८ दशमलव ७८ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकम ( २१ करोड नौ लाख ४० हजार) को आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या ( चार लाख नौ हजार कित्ता) तथा कारोबार सङ्ख्या (दुई हजार तीन सय ६० वटा)का आधारमा पनि कुमारी बैंक लिमिटेड नै अग्रस्थानमा छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज नेप्से परिसूचक ३२ अंकले बढ्यो

 जेठ ४, काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ ।आज

सिन्धुज्वाला हाईड्रोमा चुर्न प्रसादको ब्रम्हलुट सेयर सदस्यको पैसा पारिवारिक व्यवसायमा लगानी

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला

चालु आर्थिक वर्षको साउन देखि चैतसम्म भारतसँगको व्यापार घाटा ६ खर्ब ७० अर्ब नाघ्यो

१० वैशाख,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को साउन देखि चैत सम्ममा भारतसँग मात्र नेपालको व्यापार

आर्थिक सहायताका नाममा सरकारको ब्रम्हलुट : एक वर्षमै १६ करोड २५ लाखभन्दा बढी रकम कार्यकर्तालाई वितरण

१ वैशाख,काठमाडौं । सरकारले आर्थिक सहायताका नाममा एकै वर्ष १६ करोड २५ लाख ९८ हजार

अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रबाट सामूहिक पहल हुन आवश्यक

२२ चैत,काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र निरन्तर खस्कँदो अवस्थामा रहे पनि यसबारे राजनीतिक नेतृत्व

एडीबीको प्रक्षेपण अनुसार नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशतमा सीमित हुने

२१ चैत,काठमाडौ। एशियाली विकास बैंक एडीबीले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर चार दशमलब एक