निर्वाचन आयोगमा भ्रष्टाचारः टीभीदेखि उपचारखर्चसम्म

Election-Commission-Nepal-810आफ्नै घरमा बस्ने, आयोगबाट भाडा उठाउने !

१८ फागुन, काठमाडौं । भनिन्छ, नेपाल ‘सतीले सरापेको देश’ हो । चुनाव हुन नसकेर देशमा छटपटी छ । उता निर्वाचन आयोगका पदाधिकारीको धन्दा चाँहि अर्कै छ । यस्तो नेतृत्वले अब देशमा तीनवटा चुनाव कसरी पार लगाउला ? यो प्रश्न निकै गम्भीर छ ।

आगामी बैशाख ३१ का लागि सरकारले स्थानीय चुनावको मिति तय गरिसकेको अवस्था छ । यो बेलामा आयोगका पदाधिकारीहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने हो । तर, प्रमुख आयुक्त यादव र बरिष्ठ आयुक्त शर्मावीच बढिरहेको व्यक्तिगत वैमनश्यता देखेर आयोगका कर्मचारी दिक्क छन् ।

 

आखिर किन यसरी यादव र शर्मावीच झगडा भइरहेको होला ? किन उनीहरुवीच अन्तरविरोध देखिँदैछ ? यसबारे हामीले निर्वाचन आयोगमा कार्यरत केही कर्मचारीसँग नाम उल्लेख नगर्ने शर्तमा सोधीखोजी गर्‍यौं । उनीहरुले सुरुमा निर्वाचन आयुक्त इला शर्माका बारेमा यस्तो सुनाएः

निर्वाचन आयोगमा इला शर्माले गरिरहेको हरकतबाट कर्मचारीहरु वाक्क बनेका छन् । अयोधी कार्यवाहक भएर प्रमुख आयुक्तको कोठामा बस्न थालेपछि इला शर्मा आफ्नो कोठाबाट अयोधीप्रसाद यादव बसेको कोठामा सरिन् । हरेक कोठामा टीभी थियो । तर, इलाले आफ्नो कोठाको टीभी आफ्नो घरमा लगेको आयोगका कर्मचारी बताउँछन् ।

इलाको कोठामा रहेको टीभी हराएपछि आयोगले त्यहाँकै कर्मचारीबाट चोरी भएको आशंकामा सीसी टीभीको फुटेज अध्ययन गर्‍यो ।

आयुक्त इला शर्मा

कोठा बाहिर सीसी टीभी राखिएको फुटेज हेर्दा इलाको सचिवालयका कर्मचारीले बोकेर लाँदै गरेको देखियो । ती कर्मचारीलाई समाएर आयोगले सोधपुछ गर्दा उनीहरुले इलाकै निर्देशनमा उनको कुपण्डोलस्थित घरमा लगेर राखिदिएको बताए ।

त्यसपछि आयोगले इलालाई टीभी फिर्ता गरिदिन भन्यो । तर, उनले ‘दुनियाँले दुनियाँभर गरिरहेका छन्, मैले त्यति गर्न पनि नहुने ?’ भन्दै प्रतिवाद गरेको र टीभी फिर्ता गरिनन् । आयोग स्रोतका अनुसार उनले अहिलेसम्म सोनीको ३२ इन्चको सो टीभी फिर्ता गरेकी छैनन् ।

कुपण्डोलमा आयुक्त इला शर्माका दुईवटा घर छन् । उनले भूकम्पमा घर भत्कियो भन्दै आयोगबाट भाडा लिन थालेकी छिन् । घर भत्कियो भनेर निवेदन दिएपछि आयोगले उनलाई घरभाडा दिने गरेको छ । तर, त्यहाँसँगै अर्को भव्य महल छ, जहाँ इला बस्ने गर्छिन् ।

इलाले आफ्ना श्रीमानको पेन्सन लिइरहेकी छिन् । उनका पति माओवादी जनयुद्धका बेला मारिएका प्रहरी इन्स्पेक्टर हुन् । नेपाल सरकारको नियमअनुसार सरकारी तलब खाने व्यक्तिले पेन्सन वा तलबमध्ये एउटामात्रै रोज्नुपर्छ । जुन बढी हुन्छ, त्यही रोज्न पाइने सुविधा सरकारले कर्मचारीलाई दिएको छ । तर, इलाले म त्यो नियम मान्दिनँ भन्दै पेन्सन र तलब दुबै लिइरहेको आयोग स्रोत बताउँछ ।

निर्वाचन आयोगमा विदेश भ्रमणमा उस्तै विकृति देखिएको छ । विदेश भ्रमणमा जाने कर्मचारीहरु पनि चाकडी गर्नेलाई मात्रै पठाउने चलन आयोगमा छ । इमान्दार कर्मचारीलाई सधैं सुविधाहरुबाट वञ्चित पार्ने गरिएको छ ।

आयोगमा एक वर्षमा १३ वटासम्म विदेश भ्रमण गरिएको रेकर्ड देखिन्छ ।

विदेश भ्रमणमा पनि इलाले त्यस्तै अनियमितता गरेको आयोगका एक कर्मचारीले बताए । उनी इण्डिया बारम्बार गइरहन्छिन् । किन जान्छिन्, आयोगका कर्मचारीलाई थाहा हुँदैन । खासै त्यस्तो विरामी थिइनन् तर बिरामी बिल मिलाएर ल्याउँथिन् ।

उनले औषधि उपचारका लागि सहयोग पाएको आयोगमा रेकर्ड रहँदा उनी रिटायर्ड भएपछि उनको सेवा समूहमा उनको त्यो पैसा घट्छ । त्यसकै लागि उनले त्यो गरिन् । त्यो नगर्नका लागि उनले अरुण पौडेल भन्ने मान्छेलाई लगेर हिसाब किताब मिलाइदिन भनिन् । अरुण सुशील कोइरालालाई अन्तिममा चन्दनको टीका लगाउने व्यक्ति हुन् । उनैले यताउता गरेर मिलाएका हुन् ।

इण्डिया जानलाई खर्च भन्दै इलाले निर्वाचन आयोगसँग ४ लाख पेश्की लिइन् । त्यो नीलकण्ठ उप्रेतीकै पालामा हो । आयोगले त्यसरी पेश्की दिनै सक्दैन, तर उनले पेश्की फर्छ्यौट गरिनन् । महालेखाले वेरुजु निकालिदियो ।

आयोगले बेरुजु फर्छ्यौट गर्न ताकेता गरेपछि निर्वाचन आयोगको पत्रका आधारमा केपी ओली सरकारले इलालाई ३ लाख रुपैयाँ दियो । त्यो ३ लाखको निर्णय अनुसार उनले आयोगमा लगेर फर्छ्यौट गर्नुपर्थ्यो । तर, उनले आयोगमा कुनै पैसा सापटी लिएको जस्तो देखाएर त्यो पैसा फिर्ता लिइन् र गृह मन्त्रालयबाट सरकारको निर्णय अनुसारको पैसा लिइन् ।

उनले ‘इला शर्मा कुपण्डोल’ भन्ने ठेगानामा सहयोग लिइन् । तर, ‘इला शर्मा निर्वाचन आयुक्त’ हुनुपर्नेमा उनले ‘इला शर्मा’ मात्रै बनाइदिन भनिन् । जुन खाने तरिका हो ।

कर्मचारीलाई सास्ती, आफूलाई पुरस्कार

बेलायतमा इन्टरनेशनल सेन्टर फर पार्लियामेन्ट्री स्टडीज् भन्ने एउटा संस्था छ । त्यसले राजनीति र निर्वाचनका विषयमा अध्ययन गर्छ । त्यो संस्थाले विभिन्न देशमा राजनीति र निर्वाचनसँग काम गर्ने संस्थाहरुको अध्ययन गरी राम्रा काम गर्ने संस्थालाई पुरस्कार दिन्छ । सम्मान गर्छ ।

तर, संवैधानिक अंगका पदाधिकारीहरुले त्यस्तो सम्मान लिँदा नेपाल सरकारको स्वीकृति लिनुपर्छ । तर, इलाले आयोगलाई समेत जानकारी नदिई आयोगको तर्फबाट व्यक्तिका नाममा निवेदन हालिन् र पुरस्कार थापिन् । २०१६ को पुरस्कार उनले जेण्डर विषयमा लिइन् ।

जेण्डरका विषयमा पुरस्कार थाप्ने इलाले आफ्नो पीए शाखामा कार्यरत एकजना कम्प्युटर अपरेटर महिलालाई निकै सास्ती दिन्थिन् । उनले ती महिलालाई यति टर्चर दिइन् कि उनी झण्डै पागल भइन् । पछि उनलाई आयोगले त्यो शाखाबाटै हटाइदियो । तर, इला ती महिलालाई आफ्नो शाखाबाट हटाउन पनि दिन्नँ, जसरी पनि त्यसलाई ठीक पार्छु भन्थिन् । तर, आयोगले जर्वजस्ती ती महिला कर्मचारीलाई उनको शाखाबाट हटायो । तर, त्यहीबेला इलाले वेलायतबाट जेण्डर इस्युमा पुरस्कार थापिन् ।

इला आइप्याड बोक्छिन् । कर्मचारीहरुका अनुसार हरेक हप्ताजसो सिम बिगि्रयो भन्दै अर्को लिन्छिन् । यसरी लिएर उनले छोरीहरुलाई दिने गर्छिन् । बिग्रेको सीम माग्दा भने इलाले कार्यालयमा फिर्ता गरेको रेकर्ड नदेखिएको आयोग कर्मचारीको भनाइ छ ।

त्यसैगरी मतदाता शिक्षाका लागि पुस्तिका प्रकाशित गर्नुपर्‍यो भने कसले कति पैसा दिन्छ, त्यसैका आधारमा मात्रै काम दिने गरिएको छ । ०७० को निर्वाचनमा मिडिया अनुगमन गर्ने जिम्मा प्रेस इन्स्िचट्युटलाई दिँदा कमिशन नछुट्याएको भनेर इलाले कार्यक्रम नै स्वीकृत गरिनन् । अन्त्यमा एउटा नक्कली कार्यक्रम बनाइयो र त्यसका लागि ६ लाख खर्च छुट्याएर त्यो बजेट इलालाई कमिशनका रुपमा दिएपछि बल्ल उनले कार्यक्रम स्वीकृत गरिन् ।

यसपटक पनि चुनाव घोषणा भइसकेपछि इलाले निर्वाचन अनुगमन लगायतका विषयमा त्यसैगरी कमिसन आउने मौका पाएकी छिन् ।

त्यसो त अघिल्लो चुनावमा प्रेस काउन्सिल नेपाललाई निर्वाचनको अनुगमन गर्न दिइने आयोगको तयारी थियो । तर, इलाले काउन्सिलका केही सदस्यप्रति व्यक्तिगत रीसईबी रहेका कारण प्रेस इन्स्िटच्युटलाई कमिसन खाएर प्रोजेक्ट पारिदिएको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय