February 26, 2017

हकप्रद सेयर जारी गर्दै सानिमा

काठमाडौं, फागुन १५ – सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिनुभयो ।

कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्तापुँजी दुई अर्ब ११ करोड ५० लाख पुग्नेछ । अहिले कम्पनीको चुक्तापुँजी एक अर्ब पाँच करोड छ ।

लगानीको अन्य स्रोत हुँदाहँुदै पनि दुई आयोजनामा सर्वसाधारणको स्वामित्व होस् भनेर सेयर निष्कासन गर्न लागिएको आयोजनाले जनाएको छ । यसअघि सानिमाले २२ मेगावाटको माई, सात मेगावाटको माइक्याकेड र साढे २ मेगावाटको सुनकोशी साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

आज नेप्से २३ दशमलव २५ अङ्कले बढ्यो

असार २६,काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ ।

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

पाँच दशमलव ६० अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,