पत्रपत्रिकाकामा आज कस्ता समाचार छापिए: संविधान संशोधन अब के होला ?

Rajdhani१३ फागुन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाले संसदमा हिजोबाट छलफल सुरु भएको संविधान संशोधन प्रक्रियाबारे अब के होला ? भन्ने आशयको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

 

त्यसका अलावा बिखण्डनकारीलाई परास्त गर्ने सेनापति राजेन्द्र क्षत्रीको बक्तव्यलाई पनि पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् ।

– निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्ने तयारी गरेपछि सरकारले कर्मचारी सरुवा गर्ने तयारी गरेको खबर आजको अन्नपूर्ण पोष्टमा  छ ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ। आयोगले बिहीबार स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि छिट्टै आचारसंहिता पनि लागू गर्ने भएकाले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला विकास अधिकारीलगायत निजामती कर्मचारीको सरुवा तयारी गरेको छ ।

निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि सरकारले कर्मचारी सरुवा गर्न पाउँदैन । विशेष कारण दर्साई निर्वाचन आयोगसँग स्वीकृति लिएर मात्रै सरुवा गर्न सक्छ । गृह मन्त्रालयले बिहीबार २० डीआईजी सरुवा गरेको छ । केही दिनमै प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने तयारी गृह मन्त्रालयले थालेको छ।

यता स्थानीय विकास मन्त्रालयले पनि विभिन्न जिल्लाका जिल्ला विकास अधिकारीलगायत कर्मचारीको सरुवाको तयारी गरेको छ ।

आजको नयाँपत्रिकाले संविधान संशोधन अब के होला ? भन्ने शीर्षकमा मूख्य समाचार छापेको छ ।

अन्नपूर्ण पोस्टले बिखण्डनकारीलाई सेनाको चेतावनी शीर्षकमा समाचार छापेको छ ।

– मान्छेको दिमागमा दुई किसिमका रसायनिक तत्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (सिथिल) गर्ने । हामीले खाएका कुरा पहिले पेटमा पुग्छ र केही बेरपछि दिमागको सम्पर्कमा आउँछ । अनि खाएको चिजअनुसार दिमागका दुई रसायनिक तत्वले प्रभाव पैदा गर्दछ ।

भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भन्ने भाव पैदा गराउँछ । थ्रेसहोल्ड कम भयो र स्टिमुलेन्ट बढी भयो भने उत्तेजित हुन्छ । डिप्रिसेन्ट बढी भयो भने शिथिल बनाउँछ ।

मस्तिष्कमा क्यानाविनोइड भन्ने रसायन पनि हुन्छ । गाँजामा पनि ६० भन्दा धेरै प्रकारका अलग अलग क्यानाविनोइड पाइन्छन् । गाँजा सेवनपछि ती क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजाको धेरै रसायनमध्ये टेट्राहाइड्रोक्यानाविनोइड (टिएचसी) को भूमिका हँसाउन र रुवाउनमा बढी हुन्छ ।

यो रसायनले मस्तिष्कको बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी गराउँछ । यस्तो बेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ । जस्तै हाँस्यो भने हाँसेको हाँस्यै गर्ने र रोयो भने रोएको रोयै गर्ने आदि ।

गाँजा भाङ धतुरो तीनै चिज सेवन गरेको सुरुवाती समयमा आनन्द पैदा गर्छ । केही बेरपछि फरक फरक असर देखाउन थाल्छ । त्यसैले यस्ता लागू औषधको निरन्तर प्रयोग नसाका लागि निकै हानिकारक हुन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

त्यस्तै आजको राजधानी दैनिकले मोर्चालाई मनाउन संसद एक साता स्थगित भन्ने समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय