मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहाnayalaya-bibadनामाथि राजनीति
क पार्टीका नेताहरुकै कारण तुषारापात लाग्यो ।
देशको विकासको मेरुदण्ड भनेको सुरक्षा हो । यो कुरालाई राजनीतिक दलका नेताहरुले राम्रैसँग बुझेका छन् । राजनीतिक दलका नेताहरुकै कारण यतिबेला सुरक्षा निकाय नयाँ जन्जालमा फसेको छ ।

२०६२/०६३ को आन्दोलन अगाडी लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री र वामदेब गौतम गृहमन्त्री भएको समयमा रोपिएको प्रहरी संगठन भित्र विभाजनको बिउ अहिले झाँगिएर नारा जुलुसमा उत्रिन पुगेको छ ।

२०६३ को सफल आन्दोलन पश्चात् तत्कालिन एक नम्बरमा रहेका राजेन्द्र बहादुर सिंहलाई मिचेर ओमविक्रम राणालाई प्रहरी प्रमुख बनाइएपछिको कति नम्बरमा छ भन्दा पनि कति दक्षता छ भन्ने कुराले निरन्तरता पाउँदै गएको देखिन्छ ।

बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री र एमाले नेता वामदेब गौतम गृहमन्त्री भएका समयमा एक नम्बरका रविन्द्र प्रताप शाहलाई पछि पारेर रमेश चन्द ठकुरीलाई प्रहरी प्रमुख बनाएको दृष्टान्त उल्लेख गरीरहनु पर्दैन ।

एमालेको बुटवलमा चलिरहेको महाअधिवेशनमा व्यस्त गृहमन्त्री वामदेब गौतमलाई विशेष धन्यवाद दिन र सलामी टक्राउन तत्कालिन प्रहरी प्रमुख रमेश चन्द ठकुरी प्रहरी तालिम केन्द्र बुटवलको गेष्ट हाउसमा पुगेका कुरा घाम जत्तीकै छर्लङ्ग छ ।

प्रहरी संगठनमा को कति नम्बरमा छ भन्नु भन्दा पनि कसको क्षमता र दक्षता कति छ भन्ने विश्लेषण गर्ने अधिकार कार्यपालिकालाई दिने भनेरै होला नियमावलीमा यसलाई दिने र उसलाई दिने भनेर बोलिएको पाइदैन । अहिले पछिल्लो समय कार्यपालिकाले गरेको अधिकार भित्रको निर्णयका विरुद्ध सामाजिका संजाल फैलाउने देखि सडकमा जुलुश देखाउने हुँदै न्यायलयलाई दुरुपयोग गर्ने जुन दुष्शाहस गरीएको छ यो फौजी शासन भित्र अनुशासनको चरम उलंघन हो । जस्ले मुद्दा दर्ता गरेर न्याय दिलाउछ त्यो शक्ति राज्यका विरुद्ध अदालत जानु कहाँ सम्मको उचित कार्य हो ?

जसले निषेधित क्षेत्रमा जुलुशलाई नियन्त्रण गर्छ त्यसैले केहि सिमित मान्छेलाई राज्यका विरुद्ध जुलुश निकाल्न पठाउँछ त्यो कुन फौजी अनुशासन भित्र पर्छ भनेर प्रश्न चिन्ह खडा भएको छ । फागुन २ गते निवर्तमान प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल सेवा निवृत्त हुने भएपछि सरकारले कार्यदक्षता हरेरै होला डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेर उनलाई नियुक्ति समेत दिइसकेको छ । शुक्रबार कुनै एकजना कानुन व्यवसायीले कसैको स्वार्थ पूर्ती गराउन नियोजित तरिकाले मुद्दा दर्ता गराएर भन्दैमा सम्मानित अदालत र जनताका आशा र भरोसाका केन्द्र न्यायमुर्तिले त्यसलाई ठाडै दरपिट गर्नु पर्ने थियो ।

तर दुर्भाग्यका साथ भन्नुपर्दा न्यायमुर्तिहरुले सुरक्षा जस्तो अत्यान्तै संवेदनशिलतालाई ख्याल नगर्दा अहिले नेपाल प्रहरी विणा हराएको मिर्ग जस्तै भएको छ । टाउको दुखेको औषधी नाइटोमा लगाएर त्यो दुखाइ कम हँुदैन भन्ने कुरालाई ज्यादै बुझेका हाम्रा न्यायमुर्तिहरुले किन र के का लागि लिङ्गरिङ गरिरहनु भएको छ बुझ्न सकिएको छैन । विरामिको अप्रेसन गर्ने चिकित्सकलाई सुरक्षाको अप्रेसन गर्ने स्थान दिइएको छ । यसले हतियार बोकेको शक्तिले अस्पतालको डाक्टरलाई कसरी सहयोग गर्ला ? प्रहरी नियमवली अनुसार सरकारले प्रतिष्पर्धी चारजना मध्येबाट दक्षता र क्षमताको आधारमा निर्णय गरेको भए पनि न्यायपालिकाले त्यसमा चासो नदेखाएको भए संसारमा हाम्रा न्यायमुर्ती दलको सिफारिस र सोर्सको आधारमा भएपनि न्याय दिने कुरामा स्वतन्त्र छन भन्ने सुचना प्रवाह हुन्थ्यो । तर दुर्भग्य आज न्यायपालिका र न्यायमुर्ति राज्य , सबै विवादको भुमरीमा फसेको छन् ।

सम्मानित अदालतले आइतबार देखि सुनुवाई शुरु गरेको मुद्दाका विषयमा एकथरीले न्यायमुर्ति आफ्नै पक्षमा रहेको भन्दै हिड्ने र अर्को थरीले न्यायमुर्ति तर्फ विश्वास , अविश्वास दुबै नभएर राज्यकै निर्णय चाहिन्छ भन्नुले न्यायमुर्ति यो मुद्दामा राज्यको अधिकारका विषयमा अल्झिनुहोला भन्ने कसैले सोचेको छैनन् न्यायपालिका ऐन नियम नबोलेको ठाँउमा मिचियो भने अन्तिम निर्णय दिने मन्दीर हो । प्रहरी नियमावलिमा स्पष्टसंग प्रहरी अतिरिक्त महानिरिक्षक नभएर प्रहरी नायब महानिरिक्षक मध्येबाट प्रहरी महानिरिक्षक बनाउन सक्ने छ भन्ने उल्लेख छ । यस अघि पनि प्रहरी बरिष्ठ उपरिक्षकबाट प्रहरी नायब महानिरिक्षक बनेका प्रहरी कर्मचारीका विरुद्ध केहि बरिष्ठ उपरिक्षकले अदालतको ढोका घचघचाएका थिए ।

त्यतिखेरै तत्कालिन प्रधानन्यायधिश कल्याण श्रेष्ठ र वर्तमान प्रधानन्यायधिश सुशीला कार्कीको इजलासले गरेको निर्णयलाई सदर गरेको नजिर छँदै छ । न्यायको मन्दिर न्यायालय र त्यसका पिठादिश न्यायमुर्तिले देशको सुरक्षा निकायको चन अफ कमाण्डलाई चुस्त र दुरुस्त राख्नको लागि पनि कार्यपालिकाको निर्णयलाई यथा सक्य लागु गर्न निर्देशनात्मक आदेस भयो भने न्यायपालिका र कार्यपालिकाको द्वन्द नहुने र आम जनताले न्यायमुर्तिको हस्तक्षेपकारी भूमिका नभएको महसुस गर्ने कुरामा दुइमत छैन । यदि न्यायपालीकाले मन्त्रिपरिषदको निर्णयमा हस्तक्षेप गरे वर्तमान सरकार पूर्ण रुपमा असफल हुने छ । नेपालको कार्यपालीका असफल हुनेछ । कार्यपालीका असफल हुनु भनेको देश असफल हुनु हो । देश असफल बनाए राज्य बलियो हुँदैन । राज्य बलियो हुन देश सफल बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित