निर्वाचन मिति घोषणा गरेको सरकारलाई मोर्चाको जवाफ- ११ गते मधेस बन्द

काठमाडौं, १०फागुन । निर्वाचनको मिति घोषणा भएसँगै Madhesi-Morcha-1मधेसी मोर्चाले मधेस बन्दसहित विरोधका कार्यक्रमहरुको घोषणा गरेको छ ।

मोर्चाले भोलि मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने र ११ गते बुधबार मधेस बन्द गर्ने घोषणा गरेको छ । संविधान संशोधन बिना गरिने निर्वाचन स्वीकार्य नहुने बताउँदै मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै विरोधमा उत्रने निर्णय गरेको हो ।

माेर्चाले माअाेवादी केन्द्र र नेपाली कांग्रेसले २०७३ श्रावण १९ अाफूहरुसँग गरेकाे सम्झाैता विपरित संविधान संशाेधनलाई थाँति राखेर निर्वाचन मिति घाेषणा गरेकाे आरोप लगाएको छ । ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संसदमा दर्ता गराइएको संविधान संशोधन विधयेकलाई परिमार्जनसहित पारित नहुन्जेल हुने कुनै पनि निर्वाचनमा सहभागी त हुँदैन हुँदैन मधेसमा त्यस्ता निर्वाचन हुन पनि दिँदैन,’ मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी विहीबारदेखि मोर्चाले १५ दिनसम्म गाउँगाउँमा भण्डाफोर कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।