घरजग्गा व्यवसाय संकटमा,जग्गाको कारोबार ठप्प

2017-02-19_2026बजारमा तरलता अभावसँगै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएपछि घरजग्गा व्यवसाय संकटमा परेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर, घरजग्गा र अटो लोनमा कटौती गर्न बैकरलाई निर्देशन दिएका थिए । त्यस लगत्तै नेपाल बैंकर्स संघले अनुत्पादक क्षेत्रका रुपमा चित्रित गरिएको घर जग्गा कर्जा, मार्जिन लेण्डिङ र अटो लोनमा व्यापक कटौती गर्ने निर्णय गरेको थियो । घरजग्गाको कारोबार ठप्प छ । घरजग्गाको महिनैपिच्छे कारोबार घट्दै अब जग्गाको भाउ कौडिको मुल्य हुन सक्ने ब्यबासायीहरु बताउछन । राता रात कमाउला भन्नेहरु चुर्लुम्मै डुब्ने अवस्था आएको छ ।

भक्त्तपुर जग्गा फिल्डमा भेटिएका राजन के सि एक महिना देखी जग्गाको खोजिमा भौतारी     रहेका रहेछन उनी दिनहु जसो दलालिको संपर्कमा पुग्दा रहेछन । उनी अब जग्गा किन्ने पक्कामा पुगेका छन । भन्छन ( २०  फुटे बाटोमा ७ दिन अघी  ९ लाख आना भन्दै थिए , आज ७ दिन पछी ६ लाख आनामा लिउ मन्दी आयो भन्दै छन, अब १० दिन मात्र कुर्नु पर्छ , ६ बाट ४  मा आउछन त्यसपछी मात्र म किन्छु । उनी भन्छन’ धन्यवाद छ नेपालका बैंक हरुलाई, लोन त बन्दै गर्नु पर्छ, नभए हामी जस्ता गरीब ४ आना जग्गा सपना मात्र हुने रहेछ । राष्ट्र बैंकले घरजग्गा क्षेत्रको लगानीमा कडाइ गरेपछि घरजग्गा क्षेत्र यो ७ दिन भित्र ठप्प भएको छ ।
कारोबारको कमीसँगै मूल्य पनि कम हुन थालेको व्यवसायी बताउँछन् । आनाको १० लाख भनेको जग्गा ७ दिन मात्र भयो ६ लाख आनामा लिनु भन्दा पनि मान्छेले लिन छोडि सकेका छ । ठुला ब्यबसायी चुर्लुमै डुब्ने अवस्थामा पुग्छन , भने ४ आना ८ आना मात्र लिने साना लगानी कर्तालाई भने फाइेदा हुने छ सस्तोमा खरिद गर्न पायो । ’पछिल्लो समयमा कारोबार नै भएको छैन भन्दा हुन्छ,’ जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले भने, ’माग भए पनि कारोबार हुन सकेको छैन ।’ राष्ट्र बैंकले तोकेको सिलिङका कारण कारोबारमा शिथिलता आएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी