सिके राउत कार्यकर्ताले प्रहरीबाट लुटेको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

SLR-Gun८ फागुन, भैरहवा । रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ । ग्यास गन भने अझै भेटिएको छ ।

 

प्रहरी चौकीमा स्थानीयले ढुगांमुढा प्रहार गरेपछि मर्चवार दिनभर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।

झडपको क्रममा प्रहरीको साथमा रहेको एसएलआर र ग्यास गन लुटिएको थियो । जसमध्ये एसएलआर मर्चवारको बगौली-६ बेवारिसे अवस्थामा भेटिएको छ ।

शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । यो घटनालाई लिएर नै झडप भएको भएकाले यसमा स्थानीयको नाममा सिके राउतका कार्यकर्ता संलग्न हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि