काठमाडौं, ८ फागुन । पार्टी प्रवेश गरेकी गायिका एवं समाचारवाचिक कोमल वलीप्रति राप्रपामा आकर्षण देखिएको छ । राप्रपाले १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान तय गरे पनि वलीले खुला केन्द्रीय सदस्यमै निर्वाचन लड्ने घोषणा गरेकी छिन् ।
वलीले शनिबार बन्दसत्र भइरहेको भृकुटीमण्डपको बगैँचामा ‘महिला कोटामा होइन खुलामा उठेकी छु’ भन्दै भोट मागेकी थिइन् । उनले भोट माग्दै गर्दा उनीसँग फोटो खिचाउने र सेल्फी लिनेको भीड लागेको थियो ।
राजनीतिमा मेरो पहिलो पाइला हो । राष्ट्रवादी र देशभक्त राप्रपा, हिन्दूधर्मका लागि आवाज उठाउने, अखण्डताको पक्षमा उभिने, राजसंस्थाको विषय उठाउने पार्टी हो । यो सोच नेपालका लागि आवश्यक छ । यसैले गर्दा राप्रपामा प्रवेश गरेको हुँ । खुला सदस्यमा उठ्नु भनेको म सक्षम छु, मलाई आरक्षण कोटा चाहिँदैन भन्ने हो ।
मैले पार्टीमा एकदमै सपोर्ट पाइरहेको छु । म सत्कर्म गर्ने मान्छे, सकारात्मक विचार र सोच छ, छलकपट छैन । विद्यार्थीकालदेखि नै राजसंस्थाप्रति लगाव थियो । राजा वीरेन्द्र र रानी ऐश्वर्यले दिएको छात्रवृत्तिमा पढेर यहाँसम्म आएकी हुँ । म रङ फेर्ने, यताउति दौडने पक्षमा छैन । मलाई कमल थापाले नै पार्टीमा प्रवेश गराए । केन्द्रीय सदस्यमा म सबैभन्दा बढी मत ल्याएर जित्छु भन्नेमा निश्चिन्त छु ।
सरकारी कर्मचारी भएर चुनाव लड्न सजिलो हुँदैन, गर्नु पनि हुँदैन । यो हिसाबले मैले पदबाट राजीनामा दिएको छु । मैले पाउने सुविधा लिएको छैन, अब लिने प्रक्रियामा छु ।
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय