February 18, 2017

राप्रपा महाधिवेशनमा कसले के भने

फागुन ७

काठमाडौं – संविधान कार्यान्वयनमा राप्रपाको सहयोग आवश्यक : प्रधानमन्त्री

संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि राप्रपाको सहयोग आवश्यक छ । हामीले संविधानमा अधिकतम स्वीकार्यता दिलाउनकै लागि संशोधन अघि बढाएका हौँ । यसलाई अघि बढाउने विषय संविधान कार्यान्वयनसँग जोडिएको छ । मधेस, पहाड र हिमालका वर्गलाई नसमेट्नु राष्ट्रवाद हुन सक्दैन । यी तीन पक्षलाई जोड्ने नीति राप्रपाले पनि पारित गरोस् । अब सरकारले संशोधन विधेयक र निर्वाचनलाई सँगसँगै अघि बढाउने सोचेको छ । प्रजातन्त्रका लागि र संविधान कार्यान्वयनका लागि निर्विकल्प बनेको निर्वाचनको घोषणा अब छिटै हुन्छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

अब राप्रपासँग सँगै बस्नुपर्छ : देउवा
संविधान बने पनि देश संक्रमणमा छ । अब तीनवटा निर्वाचन हुन जरुरी छ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा सबै पार्टीको सहमति र सहभागिता जरुरी छ । मधेसको भावना सम्बोधन गर्न संशोधन अगाडि बढाएका हौँ । संशोधन हुँदा वैमनस्य हट्छ । राप्रपा पनि महाधिवेशनबाट संशोधनको पक्षमा लाग्छ भन्ने आशा लिएको छु । म पहिलोपटक प्रधानमन्त्री हुँदा पनि राप्रपासँगै सरकारमा एक ठाउँमा थियौँ । अब फेरि पनि एक ठाउँमा सँगै बस्नुपर्छ ।

राष्ट्रियताको पक्षमा उभिनुपर्छ : ओली
भिन्न विचार रहे पनि संविधान निर्माणमा राप्रपाको सकारात्मक योगदान रह्यो । महाधिवेशनबाट राप्रपा स्पष्ट रूपमा राष्ट्रियता, एकता र लोकतन्त्रको पक्षमा उभिनुपर्छ । इतिहासका गौरवलाई कदर गर्नुपर्छ । तर, पृथ्वीनारायण शाहलाई मानियो भन्दैमा ड्रगिस्ट, जँड्याहा सबैलाई मान्न सकिन्छ भन्ने छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा