भागी बिहेको डेढ महिनामै श्रीमतीको हत्या

४ फागुन, कैलाली । धनगढी उपमाहागरपालिका जुगेडाकी अञ्जली सिंहले डेढ महिना अघि मात्र गाउँकै हिम्कतबहादुर सिंहसँग भागी विवाह गरेकी थिइन् । तर, जसलाई उनले आफ्नो बनाइन्, उनैले अञ्जलीको ज्यान लिएका छन् ।

जुगेडाकी हिक्मत र अञ्जली प्रेममा रहेका साथीहरुमार्फत नजिकिएका थिए ।jail-768x464

झण्डै तीन महिनाको प्रेम सम्वन्धपछि उनीहरुले गत पुस ८ गते भागी बिहे गरे ।

शारदा मावि जुगेडामा ९ कक्षामा पढ्दै गर्दा १६ बर्षीया अञ्जली २२ बर्षीय हिक्मतसँग नजिक हुन पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर, बिहे अघि उनले पढाइ छाडिसकेकी थिइन् ।

हिक्मत नेपाली सेनामा भर्तीका लागि ८ महिना तालिम गरेपछि निकालिएका थिए । लागू औषध सेवन गरेको भेटिएपछि उनी सेनामा भर्ती हुन सकेनन् ।

भागी बिहे गरेकाले माइती पक्षले स्वीकार गरेको थिएन । तर, कुराकानी चलिरहेको थियो । हिक्मत र अञ्जली भने परिवारसँग छुटि्टसकेका थिए ।

हिक्मतले प्रहरीलाई दिएको बयान अनुसार उनीहरुको परिवार ठीकै चलिरहेको थियो । तर, अञ्जलीको नियमित माहिनावारी नभएको विषयलाई लिएर विवाद सुरु भयो ।

अञ्जलीले आफ्नो ४/५ महिनामा एक पटक मात्र महिनावारी हुने समस्या रहेको बताइन् । हिक्मतले पत्याएनन् । उनले उल्टै अञ्जलीमाथि शंका गर्न थाले । उनले अरु कसैको गर्भ बोकेर आफूलाई धोका दिएको मससुस गर्न थाले ।

हत्या गरेर आफैंले खाल्डो खनेर पुरे

डीएसपी वीरबहादुर बुढामगरका अनुसार हिक्मतले अञ्जलीको हत्या गरेको स्वीकार गरेका छन् ।

उनले प्रहरीलाई दिएको बयान अनुसार हत्या माघ २७ गते मध्यरातमा भएको हो । उनले त्यही दिन विहान मात्र आफ्नी पत्नीको हत्या गर्ने योजना बनाए ।

आफ्ना दुई साथीहरु रोजगारीका लागि भारत जाने भएकाले उनी गौरिफान्टासम्म पुर्‍याउन गए । त्यतै मदिरा पिए । घर नजिकैको भट्टीमा ११ बजेसम्म बसेर मदिरा पिएका उनी मध्यरातमा घरतिर लागे ।

घर नजिक पुगेपछि पनि गाँजा खाए । तर, राति करिव १ बजेतिर सुतिरहेकी श्रीमतीमाथि आक्रमण गरे ।

उनले प्रहरीलाई दिएको बयान अनुसार जुटको डोरीले घाँटी कसेर मारेका थिए । हत्यापछि घरबाट करिव ५० मिटरपर बासघारीको खोल्सामा खाडल गरेर शवलाई पुगे ।

मोटरसाइकल चढेर प्रहरी चौकी आए

घटनापछि उनी घरमै आएर सुते । विहान अरुले सोध्दा कतै गएको होला भने । तर, ९/१० बजेसम्म पनि अञ्जली नदेखिएपछि अरुले खोजी गर्न थाले । उनी पनि खोजी गरे झैँ गरिरहे, ताकि हत्याबारे कसैलाई शंका नहोस् ।

परिवारका सदस्यले अर्को दिन मात्र माइतीमा खबर गरे । अञ्जलीको माइतीमा  आमा मात्र छिन् । त्यसैले ठूलो बुबाका छोरा आए र हिक्मतसकै साथी भएकाले मिलेर सँगै खोजे ।

अञ्जली नभेटिएपछि माइती पक्षले प्रहरीमा उजुरी दियो । र, उनीहरुले केटामाथि शंका गरे ।

लगतै प्रहरीले नजिकैकै चौकीबाट प्रहरी पठाएर हिक्मतलाई ल्याउन भने । उनी प्रहरीकै मोटरसाइकल चढेर प्रहरी चौकीमा आएको डीएसपी बुढामगरले बताए ।

लगतै प्रहरीले उनको घर परिपरि खोजविन गर्ने क्रममा खाल्डो खनेको भेटियो । त्यहाँ उल्लखन गरेर हेर्दा अञ्जलीको शव भेटिएको प्रहरीले बताएको छ ।

अञ्जलीको शव पोस्टमार्टमका लागि पठाइएको छ भने हिक्मतले अपराध स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि