February 14, 2017

कामु आईजीपीको जिम्मेवारी डा. पोखरेललाई

1684704205AIG-Dr-DCPकाठमाडौं । सरकारले कामु प्रहरी महानिरीक्षक (आईजीपी) मा   प्राविधिकतर्फका अतिरिक्त महानिरीक्षक (एआईजी) डा. दिनेशचन्द्र पोखरेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको आकस्मिक बैठकले प्रहरी नियमावली २०७१ लाई संशोधन गरेर प्राविधिकतर्फका एआईजी पोखरेललाई प्रमुखको जिम्मेबारी दिएको हो ।

उपेन्द्रकान्त अर्यालले आईजीपीबाट अनिवार्य अवकास पाउने भएपछि सरकारले हिजो डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवा गरेको ३ घण्टामा सर्वोच्च अदालतले कार्यान्वयन नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि सरकारले पोखरेललाई निमित्त प्रहरी प्रमुख बनाएको हो । सोमबार पनि सर्बोच्चले चन्दलाई पदस्थापन नगर्ने सरकारलाई अर्को आदेश दिएको छ ।

प्रहरी प्रमुख अर्यालले सोमबार साँझबाट अनिवार्य अवकास पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको