February 13, 2017

युवतीलाई सँगै सुत्न पठाएर रकम बार्गेनिङको धन्दा

दाङ, २ फागुन । युवती प्रयोग गरेर विभिन्न व्यक्तिसँग रकम असुल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले युवती प्रयोग गरेर पुरुषलाई बोलाउने र पछि बन्धक बनाई पैसा असुलेको अभियोगमा दाङको फूलबारी–९ का अनिल नेपाली, रीता गुरुङ, लक्ष्मीपुर–६ का राजकुमार नेपाली र विश्व नेपालीलाई बाँकेको कोहलपुरबाट नियन्त्रणमा लिएको हो । इप्रका कोहोलपुरले २४ माघमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरेसप्रसाद काफ्लेका अनुसार रीताले फोन गरेर दाङको सैघा–५ खानीगाउँका घरजग्गा व्यवसायी केशरबहादुर रोकायालाई नेपालगन्जको सनराइज होटेलमा बोलाएकी थिइन् ।

२३ माघमा रोकाया र रीतासँगै बसेका थिए । २४ गते बिहान उक्त होटेलमा अनिल, राजकुमार र विश्व पुगेर रीता आफूहरूको आफन्त भएको भन्दै रोकायासँग पैसाको बार्गेनिङ गरेको प्रहरीको भनाइ छ । उनीहरूले सुरुमा २० लाख रुपैयाँ माग गरेका थिए । रोकायाले २० लाख दिन नसक्ने बताएपछि उनिहरूले गाडीमा राखेर कोहलपुर ल्याएका थिए । प्रहरीका अनुसार कोहलपुरको एक होटेलमा २० लाखबाट सुरु भएको बार्गेनिङ २ लाख ५० हजारमा टुंगिएको थियो ।

रोकायाले उनीहरूलाई १ लाख रुपैयाँ त्यहीँ दिएका र बाँकी १ लाख ५० हजार दाङ आएर दिने सहमति भएको थियो । होटलमा शंकास्पद व्यक्ति देखेर नियन्त्रणमा लिँदा घटनाको रहस्य बाहिर आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि रोकायालाई घर पठाएको छ ।

कोहलपुर प्रहरीका अनुसार सो समूह युवती प्रयोग गरेर विभिन्न व्यक्तिसँग रकम असुल्ने संगठित गिरोह हो । डीएसपी काफ्लेका अनुसार यस गिरोहका प्रमुख योजनाकार दाङकै दिलकुमार पुन हुन् । उनी हाल फरार छन् । सहासी भनेर चिनिने पुन माओवादी पूर्वलडाकुका कमान्डर भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई अपहरण तथा शरीर बन्धक ऐनअनुसार कारबाहीका लागि मुद्दा चलाइएको डीएसपी काफ्लेले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।