February 12, 2017

डिभि परेर आएका नेपाली युवक अलपत्र, दूतावासले सहयोग गरेन

डिभी चिट्ठा परेर अमेरिका आएका कास्की ढिकुरपोखरीका खेम अधिकारी अमेरिकामा अलपत्र परेर सेल्टरमा पुगेका छन्। गएको अक्टोवर २३ मा अमेरिका पुगेका अधिकारी सामान्य अपांग हुन्। ‘एउटा आँखा राम्रोसँग देख्दिनँ। अलि शरीर कमजोर छ। त्यसैले कसैले सहयोग गरेनन्,’ सहयोगका लागि रूदै  अधिकारीले भने, ‘नेपाल फर्कौ भने पैसा छैन।’

गएको १२ दिनदेखि बाल्टिमोरको कोड ब्लु सेल्टरमा रहेका अधिकारीको उद्धारका लागि उनकी केस म्यानेजर स्यामान्सले नेपाली दूतावासमा समेत सम्पर्क गरेकी थिइन्। ‘तपाईँको दूतावासमा टेलिफोन सम्पर्क गरेकी थिएँ, फोन उठेन। म्यासेज छोडेकी थिए कुनै रेस्पोन्स आएन। सेल्टरभित्रको वातावरणले खेम आत्तिएको जस्तो देखिन्छन्। उनका लागि हामी सक्दो सहयोग जुटाउने काम गरिरहेका छौँ,’ स्यामान्सले american flagभनिन्।

अक्टोवरमा न्युयोर्क पुगेका अधिकारीलाई एक जना नेपालीले पेन्सेल्भेनियाको आँगन रेष्टुरेन्टमा काम गर्न पठाएका थिए। ‘मैले काम गर्न सक्दैन भनेर हो कि सबैले पन्छाउने मात्र काम गरेँ,’ खेमले भने। गएको दुई महिनामा उनलाई नेपालीहरुले नै धेरै ठाउँमा बोलाए र निकाले। ‘बाल्टिमोर पुगेपछि एकजना नेपालीले सेल्टरमा जाने भनेर साेध्नु भयो। म धेरै अ‌ंग्रेजी बुझ्न सक्दिनँ। मैले जाने भने पछि उहाँले यतै ल्याएर राखिदिनु भयो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा

ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)

भारतीयहरू नागरिकता लिन आएपछि वितरणमा कडाइ

 असार २८ गते । बुबाको पनि नागरिकता छ । त्यसको १० वर्षपछि आमाले पनि नागरिकता

ट्रेड युनियन महासंघ नेपाल टुकोन ललितपुर अध्यक्षमा पराजुली

२ वैशाख,ललितपुर । राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को ललितपुर अध्यक्षमा जिबनकृष्न