श्रीमतीकै सहयोग, बालिका बलात्कार

repभक्तपुर – श्रीमतीकै सहयोगमा बालिका बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अनन्तलिङ्गेश्वर नगरपालिका–७ का ४० वर्षे राजकृष्ण कायस्थले १४ बर्षिया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
श्रीमानलाई बलात्कार गर्न प्रेरित गर्ने श्रीमती राधाजंगमललाई समेत प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायबउपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।

गतमंसिर २१ गते राति ७ बजे राजकृष्णकी श्रीमती राधाले बालिकालाई बाटोबाट फकाई आफ्नो घरमा ल्याएर श्रीमानको जिम्मा लगाई आफू बाहिर निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कायस्थले श्रीमती राधालाई छिमेकी बालिका बोलाउन पठाएको र श्रीमतीले बाटोमा भेटिएकी पीडित बालिकालाई २० रुपैयाँ दिएर फकाएर घर ल्याई श्रीमानको जिम्मा लगाएको पीडितपक्षको आरोप छ ।

बालिका बलात्कारपछि श्रीमती राधाले २ सय रुपैयाँ दिएर परिवार र गाउँमा हल्ला नगर्न भन्दै पटक–पटक धम्कीदिएको पीडित बालिकाले प्रहरी समक्ष बताएको प्रहरी नायब उपरिक्षक ओलीयाले बताए । ढोकाको चुकुल लगाई श्रीमानलाई बालिका बलात्कार गर्न सहयोग गरेको भन्दै पीडित परिवारले उजुरी दिएपछि प्रहरीले शनिबार दुबै जनालाई प्रक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई आइतबार जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।