February 12, 2017

स्वस्ववियु निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली प्रकाशन गरिँदै

१ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आइतबारदेखि औपचारिकरुपमा सुरु भएको छ । विश्व विद्यालयले फागुन १४ गते गर्न लागेको स्ववियु निर्वाचनका लागि आइतबार मतदाता नामावली प्रकाशन गरिँदैछ ।

विभिन्न क्यापसमा विद्यार्थी भर्नासमबन्धी विवाद सुल्झिएपछि त्रिविले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्न लागेको हो । शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नामावली सार्वजनिक गर्ने गरी विद्यार्थी संगठनबीच सहमति जुटेको छ ।

स्ववियु निर्वाचन तालिका अनुसार आइतबार मतदाता नामावली प्रकाशन भएपछि फागुन ४ गते उम्मेदवारको मनोयनपत्र दर्ता गर्ने र ५ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । उम्मेदवारमाथि परेको दाबी विरोधपछि फागुन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

स्ववियु चुनावमा सभापति, कोषाध्यक्ष र सचिवका लागि प्रत्यक्ष निर्वाचन हुने छ भने अरु पदका लागि समानुपातिक आधारमा चुनिने छन् ।

काठमाडौंको त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स क्याम्पस लगायतमा फर्जी विद्यार्थी भर्नासम्बन्धी विवाद बढेको थियो । यद्यपि, अझै केही क्याम्पसहरुमा भने विद्यार्थी भर्नासम्बन्धी विवाद सुल्भिmसकेको छैन ।

त्रिविले विद्यार्थी भर्नासम्बन्धी विवाद बढेपछि छानविनका लागि तीन सदस्यीय छानविन समितिसमेत बनाएको छ ।

क्रियाशील १० विद्यार्थी संगठनबीच तोकिएकै समयमा निर्वाचन गर्ने र निर्वाचनमा सहभागिता जनाउने शनिबार सहमति भएको छ । यसअघि स्ववियु निर्वाचन पूर्णसमानुपातिक र समावेशी हुनुपर्ने भन्दै केही विद्यार्थी संगठनले आन्दोलन गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा