देउवा भन्छन् : प्रचण्ड सरकारले नै स्थानीय चुनाव गराउँछ

SHer-baharur-Dauba२९ माघ, गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समय भित्र तीन वटै निर्वाचन हुने बताएका छन् । स्थानीय चुनाव भने प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गराउने उनले बताए ।

 

‘२०७४ माघ भित्र तीन वटै निर्वाचन हुन्छ’, नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले शनिबार पालुङटार स्थित ठाटी पोखरी बजारमा आयोजना गरेको आमसभामा उनले भने, ‘चुनाव गराउने दायित्व कांग्रेसले पुरा गरि छाड्छ ।’

तोकिएको समयमा चुनाव नभए देश संवैधानिक संकटमा फस्ने उनले बताए । संविधान कार्यान्वयनका लागि पनि चुनाव गर्नु पर्ने देउवाको भनाइ थियो ।  ‘वर्तमान सरकारले नै स्थानिय तहको चुनाव गर्छ’, सभामा सहभागी कार्यकर्तालाई निर्देशन दिदै उनले भने, ‘चुनावको तयारी थाल्नुस् ।’

उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताए । संविधान संशोधन भए मात्र तराई, पहाड र हिमालको एकता हुने उनले बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले चुनावी महौल बनाउन गाउँगाउँमा जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।