काठमाडौँ – नेकपा एमालेको भातृ संगठन युवासंघमा देखिएको विवादको असर
एमाले पार्टीभित्रै पुगेको छ । युवासंघमा माधव नेपाल पक्ष र केपी ओलीपक्षबीच पार्टीको विधान कार्यान्वयन गर्ने कि नगर्ने भन्नेमा बिबाद चरम उत्कर्षमा पुगेको छ ।
युवा संघमा रहेका यी दुई गुटबीच विधान र नियमावलीका विषयमा विवाद हुँदा पटकपटक युवासंघको बैठक नै अवरोध हुदै आएको छ ।
युवासंघको विवादको असर एमाले पार्टीमै पर्न थालेको युवा संघका एकजना सचिवालय सदस्यले बताए । ती सदस्यका अनुसार यो विवादले पार्टीमा दुबै पक्षले आ आफ्नो समुहको पक्ष लिने हुँदा विवाद सतहमा आउन थालेको छ ।
१६ महिना अघि युवासंघको अध्यक्ष बनेका राजीव पहारीले आफु अध्यक्ष भएको ६ महिनामा महाधिवेशन गर्ने बचन दिएका थिए । तर, १६ महिनापछि बल्ल केन्द्रीय समितिको बैठक बसाए । बैठक पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गदै विचार, विधान र नीति एउटै भएका कारण एमाले र उसका भातृ संगठनमा कुनै विवाद नरहेको जिकिर गरेका थिए । तर युवासंघको कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गरेको केहिबेरमै युवासंघको बैठक नै स्थगित हुन पुगेको थियो ।
संस्थापन पक्षले पार्टीको विधान र नियमावली नमानेकाले पटक पटक बैठक स्थिगित भएको नेपाल पक्षका एक केन्द्रीय सदस्य बताउँछन् । युवा संघको सचिव क्रान्ति बुर्लाकोटीले भनिन् ‘पार्टीले २०७२ सालमा विघटन गरेको अन्तर जिल्ला अहिले आएर व्युताएकाले विवाद सुरु भएको हो । युवा संघ एमालेको भातृ संगठन भएकाले पार्टीको विचार निति निर्देशन मान्नु यसको दायित्व हो तर बहुमत पक्षले पार्टीको विधि र विधान मिचेर गएकाले आफुहरु विपक्षमा लाग्नु परेको हो ।’
युवा संघका कार्यलय सचिव प्रभावत विक्रम कटुवालले युवा संघ एमालेको भातृ संगठन भएपनि छुटै विधान भएकाले आफ्नो विधान अनुसार चल्ने बताए । ‘ युवा संघले पार्टीको विधान नमान्न पनि सक्छ,’ उनको चेतवनी छ ।
ओली समुहले पार्टीको विधान र निति भन्दा पनि युवा संघको विधान र नीति अनुसार युवा संघ चल्ने बताउदै आएको छ । यदि विधान र निति नियम परिबर्तन गर्ने हो भने कि त विधान सम्मेलन कित महाधिवेशन हुनु पर्ने जिकिर ओली पक्षको छ । तर माधव नेपाल समुहको भने पार्टी नै सबैभन्दा ठूलो भएकाले पार्टीले जारी गरेको निति निर्देशन पालना गरेर जानु पर्ने बताउँदै आएका छन् ।
पटक–पटक माधव नेपाल समुहले बहिष्कार गरेर पनि चार दिन म्म चलेको बैठकले आगामि बैशाख ९ गते देखि १२ गतेसम्म विधान सम्मेलन र महाधिवेशन मकवानपुरको हेटौडामा गर्ने निर्णय गरिसकेको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा