माघ,काठमाडौँ । अनुत्पादक क्षेत्रमा लगानी गरेर तरलता अभाव गराएको आरोप खेपेका बाणिज्य बैंकहरुले अब अनुत्पादक क्षेत्रको लगानी रोक्ने भएका छन् । वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा केही समय ऋण लगानी रोक्न गरेका छन् । बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले आज सबै बैंकका कार्यकारी अधिकृतलाई बोलाएर गरेको छलफलले तत्काल गाडी, घरजग्गा, सेयर धितो ऋण रोक्ने निर्णय गरेको छ।। बैंकहरुले सेयर धितो कर्जा ऋण पनि रोक्ने भएका छन्। बुधबार मात्र अनुत्पादक क्षेत्रमा ऋण लगानी गरेर तरलता अभाव गराएको भन्दै राष्ट्र बैंकले बैंकका प्रमुखलाई बोलाएर सुध्रन भनेको थियो । यदि नसुध्रिए कारबाही गर्ने चेतावनी समेत दिएका थिए । गभर्नर नेपालले घरजग्गा र सेयरधितो कर्जामा जस्तै गाडीमा पनि ऋणको सीमा तोक्ने अवस्था आइसकेको भन्दै सचेत गराएका थिए। राष्ट्र बैंकले लिएको नीतिलाई पच्छ्याउँदै बैकहरुले अहिले अनुत्पादक शिर्षकमा पर्ने गाडी कर्जा रोक्ने निर्णय गरेका हुन्। छलफलमा २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए। छलफलको सुरुवातमा गभर्नरसँग भेटका बारेमा शाहले जानकारी गराएका थिए। छलफलमा दुवै उपाध्यक्षहरु किशोर महर्जन र ज्ञानेन्द्र ढुङ्गाना, रत्नराज बज्राचार्य, शशिन जोशीलगायतले बोलेका थिए।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।