माघ २६ , काठमाडौं – लामो चर्चा र प्रतीक्षापछि सरकारले गत असार ९ गते औपचारिक रुपमा भक्तपुरको सूर्य विनायकमा राष्ट्रिय प्राणी उद्यान (चिडियाखाना) निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो ।
जाउलाखेलस्थित सदर चिडियाखानाको विकल्पको रुपमा अघि सारिएको उद्यान निर्माणको पहल अघि बढ्दै गर्दा मन्त्रीपरिषद्ले गत साता तनहुँमा अर्को चिडियाखाना निर्माण गर्ने निर्णय गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
वन्यजन्तुको संरक्षण, संरक्षण शिक्षा तथा पर्या पर्यटन प्रवद्र्धनका लागि एक प्रवेश एक प्राणी उद्यान स्थापना गर्ने सरकारको लक्ष्य छ ।
वन तथा भू संरक्षण मन्त्रालयले सबै प्रदेशमा चिडियाखाना स्थापनाका लागि सम्भावित स्थान प्रस्ताव गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलाई निर्देशन दिइसकेको छ ।
सरकारले यस्तो महत्वपूर्ण लक्ष्य अगाडि बढाएको भएपनि मुलुकमा प्राणी उद्यान एवं चिडियाखाना सञ्चालन गर्ने कानुन भने अझै बन्न सकेको छैन ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।