February 7, 2017

विद्यालय तहको शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरु जिम्मेवार बन्नुपर्ने

माघ २५, काठमाडौं– शिक्षाविद्हरुले विद्यालय तहको शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरु आफैं जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन । दोलखाका उच्च माध्यामिक विद्यालय तहका प्रधानाध्यापकहरुले काठमाडौंमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले प्रधानाध्यापकहरु विद्यार्थी र अभिभावकप्रति जवाफदेही भए विद्यालय तहको शैक्षिक स्तरमा सुधार हँँुदै जाने धारणा राखेका हुन ।

कार्यक्रममा बोल्दै शिक्षाविद् धनन्जय शर्माले विद्यालयको शैक्षिक सुधारको मेरुदण्ड प्रधानाध्यापक आफैं भएको उल्लेख गरे । उनले प्रतिकूल समयमा अभिभावकहरुलाई विद्यालयले छलफलका लागि बोलाउने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
आफू अनुकुलको समय पारेर विद्यालयहरुले अभिभावकहरुसँग छलफलका लागि समय मिलाउने गरेको उल्लेख गर्दै त्यसले पनि शैक्षिक सुधारमा कठिनाई उत्पन्न गराएको उल्लेख गरे ।
शिक्षाविद् शर्माले विद्यार्थीहरुलाई ६० प्रतिशत भन्दा बढि सक्रिय बनाएर मात्रै कक्षा कोठाको शिक्षण सिकाई प्रभावकारी हुने पनि स्पष्ट पारे ।

दोलखाका ६० जना भन्दा बढि उच्च माध्यामिक विद्यालय तहका प्रधानाध्यापकहरु सहभागी रहेको भेलाको संयोजन दोलखा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङले गर्नु भएको थियो ।
उनले दोलखाका उच्च माध्यामिक विद्यालयको शैक्षिक सुधारका लागि अभियान नै संचालन गर्नुपर्ने आवश्यक्तामा जोड दिए ।
दोलखाका सांसदद्धय पशुपति चौलागाई र आनन्द प्रसाद पोखरेलले शैक्षिक क्षेत्रको विकासमा लागि पर्ने प्रतिवद्धता जनाएका थिए । नेपालमा सामुदायिक विद्यालयहरुमा २३ हजार दक्ष गणित शिक्षकको अभाव रहेको तथ्यांक नै सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने