नेपाल प्रहरीले दुई भारतीयको हत्यामा संलग्नताको आरोप लागेका नेपाली सम्सुल होदालाई दुबईबाट पक्राउ गरी कलैया ल्याएको छ। बारा कलैया नगरपालिका-८ का होदामाथि भारत आदापुरका दीपकराम र अरुणरामको हत्यामा संलग्न भएको आरोप लागेको थियो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। दीपकराम र अरुणरामको शव गत पुष १३ गते बाराको हरैया जंगलमा घाँटी रेटिएको अवस्थामा फेला परेका थिए। पाकिस्तानको जासुसी संस्था आईएसआईको निर्देशनमा भएको हत्यामा होदाको संलग्नता रहेको खुलासा भएको थियो।
दुबईमा बसेर आईएसआईका लागि काम गरेको आरोप लागेका होदालाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरि कलैयामा सोमबार ल्याएको हो। प्रहरीले ती दुई भारतीयको हत्यामा संलग्न गरेको आरोपमा बाराको महागढीमाई नगरपालिकाको सिमरा तेगछियका गिरी बाबा भनिने बृजकिशोर गिरी, कलैया नगरपालिका-१० रंगपुरका मोजाहिदिन अन्सारी र शम्भु भनिने लड्डुलाई यसअघि नै पक्राउ गरिसकेको छ।
होदालगायत उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ। दुबईबाट पक्राउ गरि ल्याइएका होदासहित चारै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनमा सार्वजनिक गरिने बारा प्रहरीले जनाएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले भने, ‘घटना र पक्राउ आरोपितबारे मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराउनेछौं।
अहिले पक्राउ परेका चार जनामध्ये केहीको मोबाइलमा हरैया जंगलमा ती दुई भारतीयको हत्या गर्दाको भिडियो रेकर्डिङसमेत फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।नेपालमा आइएसआइको एजेन्टका रुपमा काम गर्दै आएका कलैयाका होदाकै निर्देशनमा दिपक र अरुणको हत्या गरिएको तथ्य खुलेको थियो।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने