दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः जेठमा चुनाव ‘असम्भव’

२५ माघ, काठमाडौं । मंगलबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा जेठमा स्थानीय चुनाव असम्भव बन्दै गएको Paper-Magh-18-2073समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, रुपन्देहीमा एक युवकले एसिड प्रहार गरी प्रेमिकाको हत्या गरेको समाचारलाई स्थान दिएका छन् ।

नयाँ पत्रिका दैनिकले प्रमुख दलहरुबीच संवाद ठप्प भएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै १३ देशका लागि राजदूत नियुक्तिको तयारी भएको समाचारलाई पनि फ्रन्टपेजमा समेटेको छ ।

 

नागरिक दैनिकमा जेठमा चुनावको टर्दै गएको समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यसैगरी ‘पशुपतिको जग्गा मनपरी बाँडिँदै’ शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकमा नुवाकोटका भूकम्पपीडितले जग्गा बेच्दै घर बनाउँदै गरेको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ । त्यस्तै आईएस11आई एजेण्ट पक्राउ परेको समाचारलाई महत्वपूर्ण स्थान दिएको छ ।

बुढीगण्डकी जलविद्युत अयोजना निर्माणका लागि साडे ५ अर्ब मुआब्जा बाँड्ने तयारी भएकोलाई मुख्य समाचार बनाएको कान्तिपुर दैनिकले जेठभित्र ८० प्रतिशत पुँजीगत बजेट खर्च गरिसक्न लेखासमितिले निर्देशन दिएको समाचारलाई पनि महत्व दिएको छ ।22

गोरखापत्र दैनिकमा सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्न पत्राचार भएको समाचार र भाषा आयोगले अझै पूर्णता नपाएको समाचारले प्राथमिकता पाएको छ ।33

राजधानी दैनिकले संविधान संशोधनमा कांग्रेसभित्रै मतान्तर भएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै राजविराजमा अबोध बालकको निर्मम हत्या भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

– भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

एकै प्रकृतिका भए पनि दुबै घटना फरक हुन् । यी घटना एक अर्कामा तालमेल खाँदैनन् । एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिने तयारीमा रहेका दुवै विद्यार्थी पढाईमा राम्रै थिए । किन झुन्डिएर आत्महत्या गरे त ? कारण प्रहरीले खोज्दै होला ।

उद्दपी पछिल्लो समय स्कुले विद्यार्थीहरु विभिन्न कारणबाट आत्महत्या गर्ने प्रचलन बढ्न थालेको छ ।

विशेष गरी १० देखि १६ बर्षका स्कुले विद्यार्थीले आत्महत्या गरेको समाचार धेरै आइरहेका छन् । अभिभावक संघ नेपालका अध्यक्ष सुभप्रभात भण्डारी भन्नुहुन्छ । आखिर किन यस्तो भइरहेको छ त ?
यसको केही मनोवैज्ञानिक कारण हुन सक्ने भण्डारी बताउनुहुन्छ ।

उहाँले ‘विद्यालयमा काउन्सिलर राख्ने नाममा डीआई राखेका कारण पनि कलिला विद्यार्थीमा यस्तो समस्या भएको हुनुपर्छ । जुनबेला पनि घोकन्ते विद्या र विद्यार्थीलाई बढी प्रेसर दिइने कारण यस्ता घटना बढ्दै गएको’ उहाँको बुझाई छ ।

अहिले स साना कक्षाका विद्यार्थीले आत्महत्या गरेको खबरले नेपाली समाजलाई अचम्मित पार्न थालेको छ ।

”टिनएजर स्कुले विद्यार्थीलाई सोसल एबिलिटीको बारेमा ज्ञान नभएका कारण यस्ता घटना बढ्न थालेको हो । स्कुले विद्यार्थीलाई एक्लो महसुस भएपछि आत्महत्या गर्ने घटना बढ्न थालेका छन् । उनीहरु चाडै रिसाउछन्, धैर्यताको विकास भएको हुदैन र परिवारमा एक्लो भएको महसुस गर्दै सानै उमेरमा आत्महत्या गर्ने गरेका छन् ।
अहिले त थोरै बच्चा हुन्छन्, आमाबुबासँग धेरै डिमान्ड गर्छन् । डिमान्ड पूरा गरिदिएनन् कि आत्महत्या गर्छन् ।
उनीहरुमा यौनजन्य द्वन्द बढी हुन्छ जे कुरा माग गर्यो कि त्यो कुरा तत्काल पुर्याएदिनुपर्छ सोसल नेटवर्क र फिजिकल कन्ट्याक्ट बढी भएको कारणले पनि स्कुले उमेरमा आत्महत्याको घटना बढेको हुनसक्छ ।” – प्राध्यापक डा. शान्ता निरौला, बाल मनोविज्ञान विशेषज्ञ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना