२५ माघ, काठमाडौं । मंगलबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा जेठमा स्थानीय चुनाव असम्भव बन्दै गएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, रुपन्देहीमा एक युवकले एसिड प्रहार गरी प्रेमिकाको हत्या गरेको समाचारलाई स्थान दिएका छन् ।
नयाँ पत्रिका दैनिकले प्रमुख दलहरुबीच संवाद ठप्प भएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै १३ देशका लागि राजदूत नियुक्तिको तयारी भएको समाचारलाई पनि फ्रन्टपेजमा समेटेको छ ।
नागरिक दैनिकमा जेठमा चुनावको टर्दै गएको समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यसैगरी ‘पशुपतिको जग्गा मनपरी बाँडिँदै’ शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकमा नुवाकोटका भूकम्पपीडितले जग्गा बेच्दै घर बनाउँदै गरेको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ । त्यस्तै आईएसआई एजेण्ट पक्राउ परेको समाचारलाई महत्वपूर्ण स्थान दिएको छ ।
बुढीगण्डकी जलविद्युत अयोजना निर्माणका लागि साडे ५ अर्ब मुआब्जा बाँड्ने तयारी भएकोलाई मुख्य समाचार बनाएको कान्तिपुर दैनिकले जेठभित्र ८० प्रतिशत पुँजीगत बजेट खर्च गरिसक्न लेखासमितिले निर्देशन दिएको समाचारलाई पनि महत्व दिएको छ ।
गोरखापत्र दैनिकमा सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्न पत्राचार भएको समाचार र भाषा आयोगले अझै पूर्णता नपाएको समाचारले प्राथमिकता पाएको छ ।
राजधानी दैनिकले संविधान संशोधनमा कांग्रेसभित्रै मतान्तर भएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै राजविराजमा अबोध बालकको निर्मम हत्या भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।
– भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
एकै प्रकृतिका भए पनि दुबै घटना फरक हुन् । यी घटना एक अर्कामा तालमेल खाँदैनन् । एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिने तयारीमा रहेका दुवै विद्यार्थी पढाईमा राम्रै थिए । किन झुन्डिएर आत्महत्या गरे त ? कारण प्रहरीले खोज्दै होला ।
उद्दपी पछिल्लो समय स्कुले विद्यार्थीहरु विभिन्न कारणबाट आत्महत्या गर्ने प्रचलन बढ्न थालेको छ ।
विशेष गरी १० देखि १६ बर्षका स्कुले विद्यार्थीले आत्महत्या गरेको समाचार धेरै आइरहेका छन् । अभिभावक संघ नेपालका अध्यक्ष सुभप्रभात भण्डारी भन्नुहुन्छ । आखिर किन यस्तो भइरहेको छ त ?
यसको केही मनोवैज्ञानिक कारण हुन सक्ने भण्डारी बताउनुहुन्छ ।
उहाँले ‘विद्यालयमा काउन्सिलर राख्ने नाममा डीआई राखेका कारण पनि कलिला विद्यार्थीमा यस्तो समस्या भएको हुनुपर्छ । जुनबेला पनि घोकन्ते विद्या र विद्यार्थीलाई बढी प्रेसर दिइने कारण यस्ता घटना बढ्दै गएको’ उहाँको बुझाई छ ।
अहिले स साना कक्षाका विद्यार्थीले आत्महत्या गरेको खबरले नेपाली समाजलाई अचम्मित पार्न थालेको छ ।
”टिनएजर स्कुले विद्यार्थीलाई सोसल एबिलिटीको बारेमा ज्ञान नभएका कारण यस्ता घटना बढ्न थालेको हो । स्कुले विद्यार्थीलाई एक्लो महसुस भएपछि आत्महत्या गर्ने घटना बढ्न थालेका छन् । उनीहरु चाडै रिसाउछन्, धैर्यताको विकास भएको हुदैन र परिवारमा एक्लो भएको महसुस गर्दै सानै उमेरमा आत्महत्या गर्ने गरेका छन् ।
अहिले त थोरै बच्चा हुन्छन्, आमाबुबासँग धेरै डिमान्ड गर्छन् । डिमान्ड पूरा गरिदिएनन् कि आत्महत्या गर्छन् ।
उनीहरुमा यौनजन्य द्वन्द बढी हुन्छ जे कुरा माग गर्यो कि त्यो कुरा तत्काल पुर्याएदिनुपर्छ सोसल नेटवर्क र फिजिकल कन्ट्याक्ट बढी भएको कारणले पनि स्कुले उमेरमा आत्महत्याको घटना बढेको हुनसक्छ ।” – प्राध्यापक डा. शान्ता निरौला, बाल मनोविज्ञान विशेषज्ञ
वैशाख ३१, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काङगे्रस निकट पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ
२६ बैशाख, सुर्खेत । कर्णालीका सामुदायिक स्वास्थ्य स्वयम्सेवीहरुको प्रतिनिधित्व गर्दै मर्यादित काम, उचित ज्याला र
बैशाख २५, सुर्खेत ।जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम्सेवी संघ (नेभा) सुर्खेतको सोमबार वीरेन्द्रनगर नगरपालिका वडा
२०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको
बैशाख ४ भक्तपुर । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका तीन शीर्ष नेताबीच संसद्मा