पुर्वमा सुरु भयो कृषक आन्दोलन

माघ २४, सुनसरी–किसानहरुका जायज मागप्रति सरकारले वेवास्ता गरेको भन्दै नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले आन्दोलनको घोषणा गरेको छ । किसानहरुले उत्पादति बस्तुको उचित मुल्य नपाएको र किसानहरु भोट बैकका रुपमा मात्र प्रयोग गरिएको भन्दै मोर्चाले फागुन १५ गते पूर्वाञ्चल बन्दको आहवानसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।20170206_124538-768x469

स्वतन्त्र किसानहरुको हक, हित र अधिकारको लागी आवास उठाउदै आएको मोर्चाले पहिलो चरणको आन्दोलनस्वरुप बन्दको आवहान गरेको सोमबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । सरकार समक्ष किसानको समस्या र अधिकारको बिषयमा पटक पटक जानकारी गराएपनि कुनै सकरात्मक चासो नआएपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नु परेको नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाका केन्द्रिय संघर्ष समितिका संयोजक नवराज मैनालीले बताए ।
पत्रकार सम्मेलनमा मोर्चाको केन्द्रिय अध्यक्ष पुष्प प्याकुरेलले १४ बँुदे माग सरकारसमक्ष राखेपनि कुनै वास्ता नगरेको बताए । उनका अनुसार मोहीमाथि लगाएको हदबन्दी खारेज गर्नुपर्ने, खुल्ला सिमा बन्द गर्नुपर्ने, खाद्धय बिधेयक लागु गर्नुपर्ने, कुखुरा चल्ला चारोमा एमआरपीको व्यवस्था गर्नुपर्ने, स्थानिय उत्पादनको मुल्य निर्घारण गर्नुपर्ने, ग्रामीण क्षेत्र भित्र कृषक बैक स्थापना गरी बिना धितो ५ लाख सम्म रिण दिनुपर्ने लागयतका मागको बिषयमा सरकार फेरी पनि गम्भीर नभए आन्दोलनको आधीबेरी ल्याउने प्याकुरेलल चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने