कांग्रेसले भन्योः संविधान संशोधन नभइ निर्वाचन हुन्न; संशोधन विधेयक र निर्वाचन सँगसँगै

timthumbसत्ता साझेदार नेपाली कांग्रेसले संविधान संशोधन विधेयक र निर्वाचनको विषयलाई एकै साथै अगाडि लैजाने आन्दोलनरत मधेसी मोर्चासमक्ष  प्रतिबद्धता जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाहरुसँग आफ्नै निवास बुढानिलकण्ठमा आइतबार साँझ सामुहिक भेट गर्दै संविधान संशोधन प्रस्ताव पारित गर्ने बचन समेत दिएका छन्। सत्ता साझेदार नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव पारित गराउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि पहल गर्नुपर्नेमा जोड दिएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग आफ्नै निवास बुढानिलाकण्डमा भेट गरी संविधान संशोधन प्रस्ताव पारित गराएर निर्वाचनमा जान मधेशवादी दलहरु तयार हुनुपर्ने बताएका हुन् । बैठकमा मधेशी मोर्चाका नेताहरुले भने संविधान संशोधन प्रस्ताव पारित गर्न सरकार लागि नपरेको भन्दै आपत्ति जनाएका थिए। मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित नभई निर्वाचन जान नसकिने अडान पनि राखेका थिए। संविधान संशोधन प्रस्ताव पारित गराउन दुवै पक्ष लागि पर्ने सहमति भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए। ‘आजको बैठक सकरात्मक भयो। संविधान संशोधन विधेयकको विषय र निर्वाचनको विषय एकैसाथ लैजानबारे छलफल भयो,’ बैठकपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने, ‘आजको बैठकमा संशोधन विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउने विषयमा छलफल भयो।’ संविधान संशोधनलाई कसरी टुगोंमा पुर्‍याउने भन्नेमा छलफल केन्द्रीत रहेको उनले बताए। संविधान कार्यान्वयनका लागि निर्वाचन र संविधान संशोधन दुबै जरूरी रहेको पनि उनले बताए।  बैठकमा मधेशी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित गराउन पहल नगरेको भन्दै सरकार र सत्तारुढ कांग्रेसको आलोचना गरेका थिए। संविधान संशोधन प्रस्ताव पारित गराउन काँग्रेसले प्रतिवद्धता जनाएको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लालकर्णले जानकारी दिए। उनले संविधान संशोधन प्रस्ताव पारित नभई निर्वाचनमा जान नसकिने अडान पनि दोहोर्‍याएका थिए। बैठकमा मधेशी मोर्चाका नेताहरुले सरकार निर्माणमा सहयोग गरे पनि विभिन्न नियुक्तिहरुमा बेवास्ता गरिएको गुनासो पनि गरेका थिए। उनीहरुले मधेश आन्दोलनमा सहिद भएका ५ जनालाई अझै सहिद घोषणा नगरेकोतर्फ पनि काँग्रेस नेतृत्वको पुनः ध्यानाकर्षण गराएका थिए। नेपाली कांग्रेसले संविधान संशोधन नभइकन निर्वाचन नगर्ने भन्नेमा आफूहरुलाई आश्वस्थ पारेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले सेतोपाटीलाई जानकारी दिए। ‘संविधान संशोधन विधेयक पारित नभइकन निर्वाचन हुँदैन त्यसैले हामी विधेयक पारित गर्न गम्भीर छौ भनेर हामीलाई कांग्रेस नेताहरुले भन्नुभएको छ,’ उनले भने, ‘कांग्रेसले संविधान संशोधन नगरि निर्वाचनमा जाने कुरा गरेको होकी भन्नेमा हामीलाई शंका थियो आजबाट हामी बिश्वस्थ भएका छौं।’ अहिलेसम्म विधेयकलाई पेश गर्ने काम मात्रै भएको भन्दै कांग्रेस नेताहरुले यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने धारणा राखेको सुमनले बताए।  विधेयकको परिमार्जनमा सबै लचिलो हुनुपर्ने र पारित गर्नका लागि सबैले नेतृत्व लिनुपर्नेमा कांग्रेस र मोर्चाको एउटै मत रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले देश विकासको अभियन्ता, आधुनिकताको नायकः अध्यक्ष ओली

११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको

नेम्वाङको निधनका कारण एमाले महासचिव पोखरेल चीन भ्रमण छोट्याएर नेपाल फर्किदै

भदौ २६, काठमाडौं– संविधान सभाका अध्यक्ष, पुर्व सभामुख तथा एमाले  उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि नेकपा

एमाले कार्यकारी भूमिकामा ‘एक व्यक्ति, एक पद’ नीति लागू गर्दै

काठमाडौं, भदौ ८ गते । नेकपा (एमाले)ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने

राष्ट्रपतिलाई एजेण्डा सहित वैठक बोलाउने अधिकार छैन: एमाले

भाद्र ५, काठमाडौँ — नेकपा एमालेले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएको

कोशीमा गठबन्धनको सरकार असंवैधानिक: सर्वोच्च

साउन ११, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ । मुख्यमन्त्री

सङ्घीय संसद्को अवरोध खुलाउन तीन दलका शीर्ष नेताबीच सहमति

काठमाडौं, असार  २४ गते । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।