कांग्रेसले भन्योः संविधान संशोधन नभइ निर्वाचन हुन्न; संशोधन विधेयक र निर्वाचन सँगसँगै

timthumbसत्ता साझेदार नेपाली कांग्रेसले संविधान संशोधन विधेयक र निर्वाचनको विषयलाई एकै साथै अगाडि लैजाने आन्दोलनरत मधेसी मोर्चासमक्ष  प्रतिबद्धता जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाहरुसँग आफ्नै निवास बुढानिलकण्ठमा आइतबार साँझ सामुहिक भेट गर्दै संविधान संशोधन प्रस्ताव पारित गर्ने बचन समेत दिएका छन्। सत्ता साझेदार नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव पारित गराउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि पहल गर्नुपर्नेमा जोड दिएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग आफ्नै निवास बुढानिलाकण्डमा भेट गरी संविधान संशोधन प्रस्ताव पारित गराएर निर्वाचनमा जान मधेशवादी दलहरु तयार हुनुपर्ने बताएका हुन् । बैठकमा मधेशी मोर्चाका नेताहरुले भने संविधान संशोधन प्रस्ताव पारित गर्न सरकार लागि नपरेको भन्दै आपत्ति जनाएका थिए। मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित नभई निर्वाचन जान नसकिने अडान पनि राखेका थिए। संविधान संशोधन प्रस्ताव पारित गराउन दुवै पक्ष लागि पर्ने सहमति भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए। ‘आजको बैठक सकरात्मक भयो। संविधान संशोधन विधेयकको विषय र निर्वाचनको विषय एकैसाथ लैजानबारे छलफल भयो,’ बैठकपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने, ‘आजको बैठकमा संशोधन विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउने विषयमा छलफल भयो।’ संविधान संशोधनलाई कसरी टुगोंमा पुर्‍याउने भन्नेमा छलफल केन्द्रीत रहेको उनले बताए। संविधान कार्यान्वयनका लागि निर्वाचन र संविधान संशोधन दुबै जरूरी रहेको पनि उनले बताए।  बैठकमा मधेशी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित गराउन पहल नगरेको भन्दै सरकार र सत्तारुढ कांग्रेसको आलोचना गरेका थिए। संविधान संशोधन प्रस्ताव पारित गराउन काँग्रेसले प्रतिवद्धता जनाएको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लालकर्णले जानकारी दिए। उनले संविधान संशोधन प्रस्ताव पारित नभई निर्वाचनमा जान नसकिने अडान पनि दोहोर्‍याएका थिए। बैठकमा मधेशी मोर्चाका नेताहरुले सरकार निर्माणमा सहयोग गरे पनि विभिन्न नियुक्तिहरुमा बेवास्ता गरिएको गुनासो पनि गरेका थिए। उनीहरुले मधेश आन्दोलनमा सहिद भएका ५ जनालाई अझै सहिद घोषणा नगरेकोतर्फ पनि काँग्रेस नेतृत्वको पुनः ध्यानाकर्षण गराएका थिए। नेपाली कांग्रेसले संविधान संशोधन नभइकन निर्वाचन नगर्ने भन्नेमा आफूहरुलाई आश्वस्थ पारेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले सेतोपाटीलाई जानकारी दिए। ‘संविधान संशोधन विधेयक पारित नभइकन निर्वाचन हुँदैन त्यसैले हामी विधेयक पारित गर्न गम्भीर छौ भनेर हामीलाई कांग्रेस नेताहरुले भन्नुभएको छ,’ उनले भने, ‘कांग्रेसले संविधान संशोधन नगरि निर्वाचनमा जाने कुरा गरेको होकी भन्नेमा हामीलाई शंका थियो आजबाट हामी बिश्वस्थ भएका छौं।’ अहिलेसम्म विधेयकलाई पेश गर्ने काम मात्रै भएको भन्दै कांग्रेस नेताहरुले यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने धारणा राखेको सुमनले बताए।  विधेयकको परिमार्जनमा सबै लचिलो हुनुपर्ने र पारित गर्नका लागि सबैले नेतृत्व लिनुपर्नेमा कांग्रेस र मोर्चाको एउटै मत रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का