February 5, 2017

देश विखण्डन गर्छु भन्ने सीके राउतलाई सरकारले हदैसम्मका कारवाहि गर्ने : प्रधानमन्त्री प्रचण्ड

 

२२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विखण्डन गर्छु भन्ने सीके राउतविरुद्ध जुनसुकै हदसम्म जान पनि सरकार तयार रहेको बताएका छन् । साथै उनले राउतलाई खुलेआम गतिविधि गर्नु विगतको सरकारको गल्ती भएको बताएका छन् ।Prachanda_1

शनिबार साँझ नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा उपस्थित प्रचण्डले सरकारले हल्ला रुपमा कदम (सीके राउतलाई पक्राउ गर्ने) नचालेको बताए । उनले भने, खुलेआम देश टुक्राउँछु भन्नेलाई पनि छुट हुँदै सक्दैन ।’

स्वतन्त्रताको नाममा देशको सार्वभौमसत्ता, अखण्डताविरुद्ध खुलेआम गतिविधि गर्न दिनु विगतको सरकारको कमजोरी भएको उनले बताए । उनले भने, ‘कुनै पनि सर्तमा देशलाई विखण्डन गर्छु भन्नेप्रति नरम हुन सकिँदैन । सरकार जुनसुकै हदमा जान तयार छ ।’

सरकारले गम्भीर सोच विचार गरेर र सबै पक्षसँग रायसल्लाह लिएर नै राउतविरुद्ध कमद चालेको बताए ।

विगतको जस्तो गल्ती नदोहोर्‍याउने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, सरकार अघि बढिसक्यो । सुरक्षा निकाय र राजनीतिक नेतृत्वले यो गम्भीरता बुझेको छ र सहयोग गर्ने विश्वास छ ।’
जितिन्छ कि हारिन्छ चिन्ता छैन, चुनाव गराउँछु

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी हारेपनि चुनाव गराएरै छाड्ने दाबी गरेका छन् । साथै आगामी चुनावमा भोटिङ मेसिन प्रयोगका लागि आफू सकारात्मक रहेको बताए ।

प्रमुख विपक्षी दलले सरकार चुनाव गराउन गम्भीर नभएको आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले भने आगामी मंसिरभित्रै तीन वटै चुनाव गर्ने योजना सुनाए । प्रचण्डले भने, ‘जितिन्छ कि हारिन्छ भनेर चिन्ता लिएको छैन । मेरो पार्टीले हार्न पनि सन्छ । तर, देशले जित्छ ।’

सातै उनले भोटिङ मेसिन प्रयोगबाट गृहकार्य गर्न निर्वाचन आयोगलाई आफूले भनिसकेको बताए । यसबारे छलफल गर्न आफूले २५ गते सर्वदलीय बैठक बोलाउन र भोटिङ मेसिनबारे पि्रजेन्टेसन गर्न आयोगलाई भनेको प्रधानमन्त्री प्रचण्डले बताए ।

आयोगले केही रकम चाहिन्छ भनेको भन्दै उनले भने, केही पैसा चाहिन्छ भने सरकार तयार छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय