आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः सरकारले चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र लेख्दै

२० माघ, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा स्थानीय निर्वाचन घोषणाको तयारी, सम्भावना र चुनौती विषयका समाचारहरुले फ्रन्टपेजमा स्थान पाएका छन् ।Paper-Magh-18-2073

अन्नपूर्ण पोस्ट् दैनिकले दलहरुको कमजोरीका कारण तत्कालिन समयमा ज्ञानेन्द्र शाहले १५ महिना शासन गर्ने मौका पाएको विश्लेषणात्मक समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै सर्वोच्च अदालतले द्वन्द्वकालिन उजुरीसम्बन्धी मापदण्ड खारेज गरिदिएको समाचारलाई महत्व दिएको छ ।

 

नयाँ पत्रिका दैनिकले तत्काल चुनाव घोषणा भए के हुन्छ ? भनेर विश्लेषणत्मक समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै भारतले नेपाललाई दिने अनुदान वृद्धि भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

नागरिक दैनिकले निर्वाचन आयोगलाई चुनावको तयारी थाल्न सरकारले पत्र लख्ने समाचारलाई महत्व दिएको छ । त्यस्तै आतंकवादविरुद्ध नेपाल सक्रिय भएको समाचारले पनि स्थान पाएको छ ।

कान्तिपुर दैनिकले ‘चुनावको मिति तोकिँदै’ शीर्षकको समाचार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादान खस्कँदै गएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

राजधानी दैनिकले एमालेले मधेशी जनताकै घरमा दुई साता होमस्टे गर्ने घोषणा गरको समाचारलाई प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले ‘पुनर्संचना प्रतिवेदन परिमार्जन गर्न सकिन्छ’ शीर्षकको समाचार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका २४ हजार उजुरी परेको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले सर्वोच्च अदालतले तामेली मापदण्ड खारेज गरेको समाचारलाई फ्रन्टपेजमा महत्वका साथ प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,