काठमाडौं, १९ माघ । कतै तपाईले बाटोघाटोमा माले नेता सीपी मैनालीसँग भेट्नुभयो भने सोध्नुहोला, ‘कमरेडको दुवै हातमा केको चोट लागेको होला ?’ जवाफ पाउनुहुनेछ, ‘घरमै पालेको कुकुरले यस्तो गर्यो …!’ तर, कुरा किन नपत्याउनुस् भने, यो घरमा पालिएको कुकुरले उनलार्य छोएको पनि छैन । कुरा अर्कै छ ।
उनको पार्टीबाट भूमिसुधार मन्त्री बनाइएका डम्बर श्रेष्ठले चितवन सौराहाकी पार्वती कुमाललार्य सांसदमात्र बनाएनन्, श्रीमानसँग भेटघाट नहुने गरी आफूसँगै राखे । उनी मन्त्री छँदा धेरैपल्ट पत्नी भेट्न भनी पुल्चोकस्थित मन्त्रीक्वार्टर छिर्न खोज्दा मुलगेटमा सुरक्षाकर्मीबाट घिसार्दै निकालिने गरेका पार्वतीका पतिले अन्ततः दुई साताअघि चितवनमा आत्महत्या गरेका छन् ।
संयोजले उनकै पार्टीबाट डा.बाबुराम भट्टराईको सरकारमा श्रममन्त्री भएर पछि गलहत्याइएका कुमार बेलबासे यसै साता कोटेश्वरको एउटा घेराबन्दीमा परे । कुनै सामान्य रेष्टुराँमा मदिरा पिउँदापिउँदै त्यहीँकी वेट्रेससँग लहसिन खोज्दा वरिपरिका मान्छेहरु मिलेर धक्का मुक्का बर्साए । अहिले बेलबासे उठ्न नसक्ने भएर कोठामा थन्किएका छन् ।
माले महासचिव सीपीको दुवै हातमा चोट लाग्नुपछाडिका कारण डम्बर र कुमार हैनन् । तर, उनको पारिवारिकस्रोतका अनुसार, कुरा झण्डैझण्डै त्यस्तै हो । एकजना दलित समुदायकी सांसदसँग निकटताको कुरालार्य लिएर चलेको गलफत्तिमा सीपीको हातले सास्ती खेप्नुपरेको बताइन्छ ।
एनको घरमा एउटा कुकुर त छ, त्यसले हत्तपत्त मान्छेलाई झम्टिहाल्दैन । तर, सीपीमाथि घरबाहिरका कोही मान्छेबाट भने आक्रमण भएको होइन । जनआस्था साप्ताहिकमा खबर छ ।
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा
साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको