January 25, 2017

माओवादी केन्द्रका ७० जना केन्द्रीय नेताहरुले दिए राजीनामा

चौतारा,  माघ १२। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ७० जना केन्द्रीय नेताहरुले संयुक्त राजीनामा दिएका छन् ।
कृष्णप्रसाद सापकोटा, केशव नेपाल, दावा तामाङ, माधव सापकोटा, सरल सहयात्री पौडेल, राजकुमार श्रेष्ठ, युवराज दुलाल, अमृता नेपाल लगायत ७० नेताहरुले संयुक्त राजीनामा दिएका हुन् ।maoist-center

माओवादी केन्द्र सिन्धुपाल्चोकले आज सदरमुकाम चौतारामा गरेको प्रथम एकता भेलामा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गरेर गएका ७० जनाले संयुक्त राजीनामा दिएका हुन् । राजीनामा दिनेमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य देखि केन्द्रीय सदस्य समेत छन् ।

जिल्ला भेलामा विशेष प्रस्ताव राख्दै युवराज दुलालले पार्टीको केन्द्रीय समिति भद्दा भएको कारण त्यसलाई चुस्त बनाई प्रकृयाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न ७० जना केन्द्रमा रहेका नेताहरुले राजीनामा दिएको घोषणा गरे । उनले गरेको विशेष प्रस्तावलाई ७० जना केन्द्रमा रहेका नेताहरुले हस्ताक्षर गरी अनुमोदन गरेका छन् । सो राजीनामापत्रलाई तत्कालै केन्द्रमा पठाईने जनाईएको छ ।

पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका कृष्णप्रसाद सापकोटाले माओेवादीलाई शसक्त र जुझारु बनाउन राजीनामा दिनुपरेको बताए । ‘हामी पद होईन पार्टी सुदृढ गर्न चाहान्छौं,’ उनले भने ।

‘हामी केन्द्रीय समितिमा छौं, त्यो भद्दा र अर्थपूर्ण छैन’, माओवादी केन्द्रका जिल्ला संयोजक दावा तामाङले भने– ‘हामी जिल्लामानै रहेर पार्टी मजबुद बनाउन चाहान्छौं ।’ राजीनामा पछि पार्टीलाई अझ मजबुद् बनाउन आपूmहरु लाग्ने उनले बताए । राजीनामा दिएपनि पार्टीको जिम्मेवारीबाट बाहिर नजाने भन्दै उनले आपूmहरु चुनौतीसँग हार नमान्ने पनि बताए ।

केन्द्रीय समितिको बैठक बस्न पनि नसक्ने र महत्वपूर्ण निर्णय हुन नसक्ने भएकोले प्रकृयाको आधारमा पार्टी निर्माण गर्न राजीनामा दिएको माओवादी केन्द्रका जिल्ला सहसंयोजक माधव सापकोटाको तर्क छ । ‘प्रकृयाको आधारमा पार्टीं निर्माणको बहस गर्न राजीनामा दिएका हौं’, उनले भने– तर महत्वपूर्ण कुरा के हो भने हामी पार्टीको जिम्मेवारीबाट पन्छने छैनौं ।’ं पार्टी केन्द्र चुस्त बनाउन सहयोग गर्ने हेतुले राजीनामा गरिएको उनले प्रष्ट्याए ।

यता नेताहरुले केन्द्रीय समितिबाट राजीनामा दिएको घोषणा गरेलगत्तै कार्यकर्ताहरु भने खुसी भएका छन् । ‘पार्टीलाई सुदृढ बनाउन यो कदम अति आवश्यक थियो’, भेलामा उपस्थित नारायणप्रसाद तिमल्सिनाले भने– ‘अब पार्टी मजबुद बनाउँदै जनवादी अभ्यास गर्न जरुरी छ ।’ भेलामा जिल्लाभरका ३ सय बढी नेता कार्यकर्ताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा