चेपुवामा प्रधानमन्त्री : प्रचण्डले मोर्चालाई दिए चार बुँदे गृहकार्य

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको चेपुवामा परेको कुरा आजको बैठकले स्पष्ट पारेको छ ।

मधेशी मोर्चाले एक दिने आन्दोलनको कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री प्रचण्डले बैठक बोलाए पनि त्यसमा कुनै निष्कर्ष निस्केन सकेन । बरु, राजनीतिक संक्रमण झन् अन्योलमा गएको प्रष्ट देखिएको छ ।morcha-and-pm-meetig-768x384

अरु दिनको तुलनामा आजको बैठकमा कुनै फरक छलफल भएन । प्रधानमन्त्री प्रचण्डले उहीँ पुरानो कुरा दोहोराए भने मधेशी मोर्चाले पनि उही पुरानै प्रतिकृया जनाए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाका नेतालाई शंकाको वातावरण हटाउन आग्रह गरेका थिए । उनले भने, ‘तपाइँहरुले कुनै निर्णय गर्दा सरकारलाई शंका लाग्छ, सरकारले कुनै निर्णय गर्दा तपाईहरुलाई शंका लाग्छ, अब यसको स्थायी समाधान निकाल्नुपर्छ ।’

संविधान संशोधन विधेयक पारित भए मात्र निर्वाचनको मिति घोषणा हुन्छ भनेर आफूले भन्दा पनिसरकारले निर्वाचनको बारेमा छलफल गर्ने वित्तिकै मधेशी मोर्चा आत्तिएर आन्दोलनको घोषणा गर्न थालेको टिप्पणी प्रधानमन्त्री प्रचण्डले गरेका थिए ।

बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘संविधान संशोधन प्रस्ताव पारित गराउने नै हो । त्यसमा कुनै दायाँ बायाँ हुँदैन, पारित गराउनका लागि संख्याको खोजी भइरहेको छ ।’ यसमा मधेशवादी दलले पनि सहयोग गर्नुपर्ने धारणा उनले राखेका थिए ।

‘देशका लागि निर्वाचन आवश्यक कुरा हो । तपाईहरुले पनि यो स्वीकार गर्नुभएको छ । निर्वाचन पनि हुनुपर्छ । यसमा कुनै दुई मत छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रतिपक्षी दलले प्रस्तावको नाम नै सुन्न चाहेको छैन । तपाईहरुले प्रस्ताव पारित नभएसम्म निर्वाचनको मिति घोषणा गर्नुहुँदैन भन्नुहुन्छ अब के गर्ने ? तपाईहरुले बाटो दिनुपर्छ किनभने यो सरकार तपाईहरुको पनि हो ।’

‘निर्वाचनको मिति घोषणा हुने वित्तिकै निर्वाचन हुँदैन । त्यो कुरा तपाईँहरुलाई पनि थाहा छ । निर्वाचनको मिति घोषणा गर्ने वित्तिकै संशोधन विधेयक पास गराउनेतिर लाग्नुपर्छ,’ मधेशी मोर्चालाई सम्झाउने प्रयास गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अब के गर्ने बीचको बाटा दिनुस् ।’

प्रचण्डको भनाईपछि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने, ‘हामीबाट तपाईले जे बाटो खोजिराख्नु भएको छ, हामीसँग त्यो बाटो छैन । किनभने हामीले आफ्नो बाटो पहिला नै क्लियर गरिसकेका छौं । तपाईले जुन बाटो खोज्नु भएको छ त्यो एमालेसँग छ, एमालेसँग छलफल गरेर बाटो क्लियर गराउनुस् ।’

आफूहरुले यो सविधान नमानेको र यो संविधानलाई टेकेर हुने कुनै पनि गतिविधिलाई स्वीकार नगर्ने भन्दै तमलोपाका अध्यक्ष ठाकुरले निर्वाचन, स्थानीय पुनःसंरचना स्वीकार नगर्ने स्पष्ट पारेका थिए । संविधान संशोधन नभएसम्म आफूहरु कुनै कुरामा सहमत नहुने उनले बताएका थिए ।

बाटो अवरोध एमालेले गरेको छ, एमालेसँग कुरा गरेर यसलाई स्पष्ट पार्नुस् अनि आफूहरुले कुरा गर्ने भनि प्रतिकृया दिएको एक नेताले बताए ।

‘बरु हामीले भन्ने हो कि हामीलाई बाटो दिनुस्, हामीसँग जनताले प्रश्न गर्न थालेका छन्, ठाकुरले भने, ‘यतिका आन्दोलन हुँदा त्यसबाट हामीले के पायौं भनि जनताले प्रश्न गर्न थालेको छ, एउटा सविधान संशोधन समेत गराउन सकेका छैनौ, हामीले जनताले के जवाफ दिने, बाटो चाहियो ।’

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यो वर्तमान सरकार आफूहरुको समर्थनमा बनेको कुरामा विश्वास नलागेको धारणा राखेका थिए । आफूहरुबाट कुनै कमी कमजोरी भएको भए स्पष्ट पार्न भन्दै उनले आजसम्म यो सरकारलाई मधेशी मोर्चाबाट सहयोग नै भइराखेको कुरा स्पष्ट पारेका थिए ।

उनले भने, ‘तपाईले बाटो दिनुस् अब हामीसँग के छ र दिने ? अब यो भन्दा बढी हामीले केही दिन सक्दैनौ, केही गर्न सक्दैनौ ।’

संशोधन विधेयक परिमार्जनसहित पास नभएसम्म आफूहरुले निर्वाचनको मिति घोषणा हुन नदिने कुरा पटक–पटक भनेको बताउँदै उनले जति चाँडो संशोधन विधेयक पास हुन्छ, त्यति छिटो निर्वाचनको मिति घोषणा हुने भएकाले विधेयकमा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

त्यसपछि बोलेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई भने, ‘तपाईंहरु तीन दलका नेताहरु मिल्नु भएको छ । अनि हामीलाई भन्नुहुन्छ बोटो देखाई दिनु ? समस्या कसरी समाधान गर्ने त्यो तपाईहरुको क्लियर गर्नुस् ।’

‘स्थानीय पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदन स्वीकार गर्ने अवस्था छैन, अनि कसरी के का लागि चुनाव गर्ने ?’ भन्दै उनले कुन तह वा निकायको चुनाव गर्ने त्यो कुरा अझै स्पष्ट नभएको अवस्थामा खाली निर्वाचनको मिति घोषणा गरेर केही नहुने बताए । अध्यक्ष यादवले भने, ‘नयाँ बाटो भनेको सविधान संशोधन गरेर पुनः स्थानीय पुनःसंरचना गर्नु नै हो ।’

तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले यो सरकार आफूहरुको समर्थनमा बनेको पटक–पटक भने पनि त्यसको प्रत्याभूति आफूहरुलाई नभएको कुरा राखेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार न्यायधिशको नियुक्ति गर्दा एकपटक पनि नसोधी आफ्नै ढंगले सबै गरेको भन्दै अध्यक्ष महेन्द्र राय यादवले आपत्ति जनाएको थियो ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले पटक पटक छलफल भएपनि कुनै कुरा कार्यान्वयन नआएको भन्दै प्रधानमन्त्री प्रचण्डले भनेको कुरा कुनै पनि लागु नभएको टिप्पणी गरेका थिए ।

‘कमल थापा र विजयकुमार गच्छदारसँग कुराकानी भइरहेको पटक पटक तपाईले भन्नुभएको छ । तर अझै कुनै कुरा स्पष्ट रुपमा बाहिर आएको छैन,’ महासचिव झाले प्रधानमन्त्रीलाई भने, ‘सुन्दैछु, पावर वार्गेनिङमा उहाँहरुसँग कुरा मिलिरहेको छैन रे, काँग्रेस र माओवादीले मन्त्रालय छाड्न तयार हुनुपर्यो नि ।’
स्थानीय तह प्रदेश मातहत राख्ने कुरा भएको बताउँदै केशव झाले पहिला प्रदेशको चुनाव गराएर मात्र स्थानीय चुनाव हुने कुरा राखेका थिए ।

मधेशी मोर्चालाई चार बुँदे गृहकार्यbiplav-pm-prachanda-gyapan-3

बैठकमा यसरी दोहोरी चलेपछि प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाका नेतालाई चार बुँदे गृहकार्य दिएका छन् ।

‘अब अर्को बैठकमा सबै कुरा स्पष्ट पार्ने गरि अगाडि बढ्नका लागि यी चार विषयमा तपाईँहरु स्पष्ट भएर आउनुस्,’ भन्दै प्रधानमन्त्रीले मधेशी मोर्चाका नेतालाई चार विषय दिएका थिए ।

१. निर्वाचन आयोगलाई निर्वाचनको तयारी आन्तरिक रुपले निर्देशन दिने अनि विधेयक पास भएपछि निर्वाचनको मिति घोषणा गर्ने कुरा तपाईहरु मान्नुहुन्छ कि मान्नुहुन्न ?

२. संशोधन विधेयक संसदमा पेस भएपछि त्यो पास भएपनि नभएपनि तपाईहरु निर्वाचनमा भाग लिनुहुन्छ कि लिनुहुन्न ?

३. स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदन आपसी छलफलमा परिमार्जन भएपछि त्यसलाई मान्ने कि नमान्ने ?

४. संशोधन विधेयक परिमार्जन हुने कुरा पहिला जे सहमति भएको थियो, त्यो अनुसार भयो भने भने मान्ने कि नमान्ने ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

फणीन्द्र माथिको कारबाही  कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 असार १०.काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त