January 29, 2017

नुनको मूल्य किलोको २५ रुपैयाँ पुर्‍याउन प्रस्ताव

साल्ट ट्रेडिङले ३५ करोड अनुदान पाए नबढ्ने

१५ माघ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसमक्ष नुनको मूल्य बढाउन प्रस्ताव गरेको छ । सरकारले आफूलाई ३५ करोड अनुदान दिए भाऊ नबढाइने साल्ट ट्रेडिङको शर्त छ ।salt

नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएको भन्दै साल्ट ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउन प्रस्ताव गरेको हो । यदि साल्ट ट्रेडिङले माग गरेअनुरुप मूल्य बढाउने निर्णय भएमा अब नुनको मूल्य १८ रुपैयाँबाट बढेर प्रतिप्याकेट २५ रुपैयाँ हुनेछ ।

आपूर्ति मन्त्रालयमा साल्ट ट्रेडिङले नुनको मूल्य लागतभन्दा कम हुँदा संस्थानलाई वर्षमा ३५ करोड रुपैयाँ घाटा भइरहेको जानकारी गराएको छ । तर, सरकारले यसबारे औपचारिक निर्णय भने गरेको छैन ।

आयोडिनयुक्त नुनको मूल्य बढाउन साल्ट ट्रेडिङले प्रस्ताव ल्याएकाले त्यसबारे अध्ययन भइरहेको आपूर्ति मन्त्रालयका सहसचव तथा प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘नुन उपभोग्य वस्तु भएकाले यसको मूल्य बढाउनुअघि आवश्यक अध्ययन गर्नुपर्छ’ श्रेष्ठले भने,’यसको आवश्यकता, औचित्य हेरेर आवश्यक निर्णय हुन्छ ।’

किलोमा ५ रुपैयाँ घाटा

नुनको मूल्य बढाउन मुख्य सचिवको अध्यक्षतामा रहेको केन्द्रीय अनुगमन समितिले निर्णय गर्नुपर्छ । साल्ट ट्रेडिङलाई नुनकै कारण करोडौंको घाटा भइरहेकाले मूल्यवृद्धिको बाध्यता सिर्जना भएको प्रवक्ता कुमारराज भण्डारीले अनलाइनखबरसँग बताए ।
उनले खरिद तथा आयात लागत बढेकाले मूल्य बढाउनुपरेको भन्दै नागरिकलाई न्युनतम् मूल्यमा नुन उलपब्ध गराउन आफूहरु प्रतिवद्ध रहेको दावी गरे । साल्ट ट्रेडिङलाई नुन किलोमा झण्डै ५ रुपैयाँ घाटा छ ।

‘अहिले नुन भित्र्याउँदा प्रतिप्याकेट २१ रुपैयाँसम्म लागत परिरहेको छ । तर, डिलरलाई १६ रुपैयाँ ५० पैसामा नुन दिइरहेका छौं । १८ रुपैयाँ ५० पैसासम्म उपभोक्ता मूल्य छ ।’ राजभण्डारीले भने,’नुनको मूल्य अस्वभाविक रुपमा बढ्नु हुँदैन । तर, संस्थान नै घाटामा बसेर नुन कारोबार गर्न नसकिने अवस्था आएकाले प्रस्ताव अघि बढाइएको हो ।’

‘३५ करोड पाए बढ्दैन’

उनले सरकारले घाटा बराबरको अनुदान साल्ट ट्रेडिङलाई उपलब्ध गराए मूल्य बढाइरहनु नपर्ने बताए । ‘वर्षको ३५ करोड रुपैयाँ सरकारले साल्ट ट्रेडिङलाई अनुदान दिने हो भने नुनको मूल्य बढाउनैपर्छ भन्ने पनि छैन’ राजभण्डारीले भने,’ मूल्य बढाउनभन्दा राज्यले अनुदानबाटै यसलाई पूर्ति गर्न सके राम्रो हुन्छ ।’

साल्ट ट्रेडिङका अनुसार अहिले ढिके नुनमा पनि उसलाई किलोको ३ रुपैयाँ घाटा छ । डिलरहरुले साल्ट ट्रेडिङसँग किलोको २ रुपैयाँ कमिसन लिने गरेका छन् । अब यसलाई बढाउन दबाव आइरहेको र ५० पैसा बढाउने गरी नयाँ मूल्य प्रस्ताव गरिएको हो ।

साल्ट ट्रेडिङले प्रस्ताव गरेेअनुसार मूल्य बढेमा उसलाई किलोको १.५० रुपैयाँ नाफा हुनेछ । यसअघि नुनको मूल्य १५ रुपैयाँबाट १८ रुपैयाँ बनाइएको थियो ।

अहिले नेपालमा वाषिर्क १ लाख ६० हजार मेटि्रक टन नुनको खपत हुन्छ । यसमा आयोडिनयुक्त नुनको हिस्सा ६० प्रतिशत छ भने ढिके नुनको प्रयोग ४० प्रतिशत हाराहारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।