January 29, 2017

आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः बैंकको तरलता अभावदेखि मुटुरोगको उपचार नि:शुल्कसम्म

१६ माघ, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाको फ्रन्टपेजमा फरक-फरक समाचारले स्थान पाएका छन् ।

नयाँ पत्रिका दैनिकले बैंकमा भएको तरलता अभावको कारणबारेको समाचारलाई खास महत्व दिएको छ ।IMG_9186

 

अन्नपूर्ण पोस्ट् दैनिकले स्थानीय तह पुनर्संचनाका विषयमा दलरुबीच बढेको विवादसम्बन्धी समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ । त्यस्तै उच्च अदालतमा न्यायाधीश नियुक्ति विवादसम्बन्धी समाचारलाई पनि महत्वका साथ छापेको छ ।

राजधानी दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार समर्थककै घेराबन्दीमा परेको समाचार र न्यायाधीश नियुक्ति विवादले अदालतमा बार-बेन्चबीच टसल बढेको समाचारलाई प्राथमिकता दिएको छ ।

नागरिक दैनिकले बाथ मुटुरोग उपचार निशुल्क हुने समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । त्यस्तै फेरि २५ मेगावाट बिजुली थपिने समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

कान्तिपुर दैनिकले शरणार्थीविरुद्ध अमेरिकी राष्ट्रपति ट्रम्पले कठोर निर्णय लिएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, प्रधानमन्त्रीले माघ १५ भित्र चुनाव घोषणा हुन्छ भनेको, तर नभएको समाचारलाई प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले जिल्लास्तरमा दल दर्ता गर्न राजनीतिक दल उदासीन भएको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कर छली गरेकोसम्बन्धी समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा