१६ माघ, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाको फ्रन्टपेजमा फरक-फरक समाचारले स्थान पाएका छन् ।
नयाँ पत्रिका दैनिकले बैंकमा भएको तरलता अभावको कारणबारेको समाचारलाई खास महत्व दिएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले स्थानीय तह पुनर्संचनाका विषयमा दलरुबीच बढेको विवादसम्बन्धी समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ । त्यस्तै उच्च अदालतमा न्यायाधीश नियुक्ति विवादसम्बन्धी समाचारलाई पनि महत्वका साथ छापेको छ ।
राजधानी दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार समर्थककै घेराबन्दीमा परेको समाचार र न्यायाधीश नियुक्ति विवादले अदालतमा बार-बेन्चबीच टसल बढेको समाचारलाई प्राथमिकता दिएको छ ।
नागरिक दैनिकले बाथ मुटुरोग उपचार निशुल्क हुने समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । त्यस्तै फेरि २५ मेगावाट बिजुली थपिने समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।
कान्तिपुर दैनिकले शरणार्थीविरुद्ध अमेरिकी राष्ट्रपति ट्रम्पले कठोर निर्णय लिएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, प्रधानमन्त्रीले माघ १५ भित्र चुनाव घोषणा हुन्छ भनेको, तर नभएको समाचारलाई प्राथमिकता दिएको छ ।
गोरखापत्र दैनिकले जिल्लास्तरमा दल दर्ता गर्न राजनीतिक दल उदासीन भएको समाचारलाई महत्व दिएको छ ।
नेपाल समाचारपत्र दैनिकले एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कर छली गरेकोसम्बन्धी समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
९ चैत,काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ ।
९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन