January 27, 2017

स्थानीय तहबारे छलफल गर्ने सरकारको निर्णय असंवैधानिक – एमालेले

१४ माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह संरचना आयोगको प्रतिवेदनमाथि दलहरुबीच छलफल गर्ने भनी मन्त्धान अनुसार अब पूराना स्थानीय निकाय नरहेको दाबी गर्दै एमालेले संवैधानिक आयोगको सिफारिस कार्यन्वयन गर्नुको विकल्प सरकारसँग नरहेको टिप्पणी गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकको निर्णयमा प्रतिक्रिया दिदै एमाले नेता तथा पूर्व कानुनमन्त्री अग्नि खरेलले भने, ‘संविधानको धारा ३०३ बमोजिम अब पूराना स्थानीय निकाय कायम रहँदैनन् । संविधानको धारा २९५ बमोजिम गठित आयोगले आफ्नो सिफारिस दिइसकेको अवस्थामा सरकारले परामर्श गर्नुको संवैधानिक अर्थ छैन ।’

स्थानीय निर्वाचनको मिति घोषणाका लागि प्रधानमन्त्रीले शीर्ष नेताहरुसँग छलफल गर्न सक्ने तर, आयोगको प्रतिवेदन कार्यन्वयन गर्नुको विकल्प नहुने खरेलले बताए । ‘तीन जना नेता बसेर आयोगको प्रतिवेदन विपरित कुनै सहमति गरे पनि त्यसको संवैधानिक हैसियत रहन्न’ खरेलले भने ।

संविधानको धारा ३०३ मा यो संविधान प्रारम्भ भएका बखत कायम रहेका स्थानीय निकायहरु स्थानीय तह पुनर्संरचना आयोगले नयाँ तहको क्षेत्र, संख्या र सिमाना निर्धारण नगरेसम्म कायम रहने उल्लेख छ । आयोगले ७१९ स्थानीय तहको क्षेत्र,संख्या र सिमाना निर्धारण गरेर प्रतिवेदन दिइसकेपछि पूराना गाविस र नगरपालिकाहरु स्वतः भंग भएको जिकिर एमालेको छ ।

खरेलले भने, ‘प्रधानमन्त्रीले चुनावको मितिको लागि दलहरुसँग सहमति गर्न सक्छन् । तर, ७१९ तह देहाय बमोजिम हुनेछन् भनेर रिपोर्ट दिइसकेपछि संविधान बमोजिम गठन भएको आयोगले दिएको प्रतिवेदनको विषयमा हुन्छ कि हुँदैन भनेर राय लिन खोज्छन् भने त्यो संवैधानिक हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको