September 5, 2016

हुम्लालाई मानसरोबरको प्रवेशद्वार बनाउँछु : मन्त्री शाही

  • download (1)धनन्जय बुढा
१८ भदौ, काठमाडौँ ।  पर्यटनमन्त्री जीवनबहादुर शाहीले हुम्लालाई मानसरोबरको प्रवेशद्वार  वनाउने वाताएका छन् । शाहीले आफ्नो कार्यकालभित्रै हुम्लालाई पवित्र तिर्थस्थल कैलास मानसरोबरको मुख्य प्रवेशद्वारा बनाउने बताएका हुन ।  शनिबार काठमाडौँमा हुम्ला समाजले अयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले सो कुरा बताएका हुन् ।  कार्यक्रममा मन्त्री शाहीले २०४६ सालपछि हुम्मला जिल्लाले कुनैपनि क्याविनेट मन्त्री नपाएको भन्दै हुम्ली जनताले त्यो सपना पूरा भएको बताए । 
मन्त्री शाहीले आफ्नो कार्यकालमा कर्णालीकै पर्यटन सम्भावनलाई मुर्त रुप दिने भन्दै ‘अहिलेसम्म मन्त्री पदको दुरुपयोग गरेर घुसखोरी र माफियातन्त्र स्थापना गर्ने विरुद्ध लड्नेछु । हुम्ली जनताको शिर सधै ठाँडो बनाईराख्ने छु’ उनले भने ।  अर्को प्रसंगमा विदेशी खादामाथि प्रतिबन्ध लगाउने निर्णय अर्को निर्णय नहुँदासम्म कार्यन्वयन नगर्ने भन्दै बरु सस्तो मुल्यमा नेपालमै खादा उत्पादन गर्नुपर्ने बताए ।
मन्त्री शाहीले हुम्लाका जनताले सामुहिक रुपमा राजधानिको वौद्धमा नाम्खा ख्युङ्गजोङ गुम्बा स्थापना गर्नका निमित्त गरेको प्रयत्नमा सकारात्मक भएको भन्दै यसकालागि  मन्त्रालयबाट रकम निकासा गर्ने बताए ।  त्यसैगरी कार्यक्रममा हुम्लाकी सांसाद रीता शाहीले आफनो पक्षबाट जति सक्दो सहयोग गर्ने बताइन । हुम्लाका पूर्व जिविस सभापति लाल शाहीले हुम्ली जनताको सकारात्मक पहलमा आफनो समर्थन रहेने बताए । नेपाली काग्रेस हुम्ला जिल्ला सभापति जयपति रोकायाले पहिलो पटक हुम्लाले पाएको अबसरलाई भरपुर सदुपयोग गर्नुपर्ने बताए । नाम्खा ख्युङ्गजोङ गुम्बा  विनियम उपसमितिका अध्यक्ष राप्दन लामाले जिवनबहादुर शाहीले हुम्लाको मुहारलाई फेर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै सो समितिका सचिव अंगबहादुर लामाले हुम्लाबाट काठमाडांै आउने जनताको सहायताका निम्ति गुम्बा स्थापना गर्नुपर्ने धारणा राखे । सो समितिका सदस्य धनबहादुर लामाले हुम्ला जिल्ला जिल्लालाई गरिबी, भोकमरी र पिछडाको उपमाले परिचीत भएपनि अब अफुुलो यो परिचयलाई स्वर्गको टुकुरोमा बदल्नसक्ने क्षमता हुम्ली जनतमा रहेको बताए । त्यस्तै समितिका कुञ्छाङ लामा र चन्द्रवीर लामाले पनि आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा