१९ भदौ, म्याग्दी । म्याग्दीेका बैंक तथा वित्तीय संस्थाका शाखाले एक अर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भुक्तानी गरेका छन् ।
विसं २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा शाखाले एक अर्ब सात करोड ६५ लाख ५० हजार रुपैयाँ रेमिट्यान्स भुक्तानी गरेका नेपाल राष्ट्र बैङ्कको पोखरा क्षेत्रीय कार्यालयले जनाएको छ ।
कार्यालयका सहनिर्देशक रितुनाथ लम्सालले म्याग्दीका १४ बैंक तथा वित्तीय संस्थाका २० वटा शाखाबाट सो मात्रामा रेमिट्यान्स भुक्तानी भएको जानकारी दिए ।
बेनी, दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा रहेका बैंकका शाखाबाहेक विभिन्न कम्पनीका एजेन्टमार्फत भएको भुक्तानी जोड्दा अझ बढी रेमिट्यान्स जिल्लामा भित्रिएको छ ।
पछिल्लो समय युवायुवती रोजगारी र अध्ययनका लागि विदेशीएसँगै रेमिट्यान्स पनि भित्रन थालेको प्रभू बैंक बेनी शाखाका प्रबन्धक निरज पन्तले बताए ।
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
काठमाडौँ, कात्तिक २१ गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट
कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि
कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से
आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा
काठमाडौं, असोज ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।