महोत्तरीको जिल्ला अस्पतालमा औषधिको अभाव

medicene१९ भदौ, महोत्तरी । महोत्तरीको सदरमुकामस्थित जिल्ला अस्पतालमा औषधिको अभाव देखिएको छ । सदरमुकामस्थित जिल्ला अस्पतालमा जलेश्वरमा ओपिडीमा अतिआवश्यक औषधिको अभाव देखिएको हाे । पारा सिटामोल, मेट्रोन, एमोक्सिसिलिन, सिप्रोपः लोक्सासिन लगायतका ज्वरो, पखालाका अति आवश्यक औषधि तथा एन्टी बायोटिकजस्ता औषधि जिल्ला अस्पताल जलेश्वरको ओपिडी शाखामा अभाव देखिएको हो ।

जिल्ला स्वास्थ्य प्रमुख मनिष पाण्डेयले अन्य ठाउँभन्दा जलेश्वर अस्पतालमा औषधि पर्याप्त रहे पनि अतिआवश्यक औषधि नपुग रहेकाले औषधिको व्यवस्थापनमा आफू लागेको र सक्दो चाँडै जलेश्वर अस्पताल तथा अन्य स्वास्थ्यचौकीमा औषधिको पूर्ति गरिसक्ने वताए ।

सेवाग्राहीले महिनौँदेखि औषधि अभाव रहेको बताउँदै अस्पताल र जनस्वास्थ्य प्रमुखलाई बिरामी र अस्पतालबारे कुनै चासो नराखेको गुनासो गरेका छन् । जिल्ला अस्पतालमा निःशुल्क ७० प्रकारका औषधि पाइने जनाइए पनि हाल जम्मा १५ देखि २० प्रकारका औषधि मात्र पाइने गरिएको छ जसमध्ये पनि अस्पतालमा पाइने ती औषधि खासै प्रभावकारी नरहेको उनीहरुको गुनासो छ । हाल अस्पतालमा उपचारका लागि आउनेहरु रित्तै हात फर्कन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि