सत्ताकाे खेलमा लागे संविधान कार्यन्वयन गर्न समस्या : भट्टराई

20160903_131823१८ भदौ, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले डढे वर्षभित्र तीनवटै निर्वाचन गरेर संविधान कार्यन्वयन गर्न ममस्या भएको बताएका छन् । पत्रकार अनिल थापाद्धारा लेखिएको अविराम बाबुराम’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।

भट्टराईले अहिले संसदमा भएका तीनवटै राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादी सरकार बनाउने र  गिराउने खेलमा लागेका कारण डढे वर्षभित्र तीनवटै निर्वाचन गरेर संविधान कार्यान्वयन गर्न समस्या हुने  बताए । आफ्नो पार्टीलाई जीताउनक लागि आफू सत्तामा भएको बेला मात्र निर्वाचन गराउन खोज्नु  अव्यावहारिक हुने उनकाे तर्क थियाे ।

आफू सत्तामा भएको बेला निर्वाचन गराउँदा धादली गरेर भए पनि जितिन्छ भन्ने मानसिकताका कारण यस्तो खेल  भैरहेकाे समेत बताएका छन् ।  भट्टराईले यदि आफू प्रचण्डको ठाउँमा भएको भए प्रधानमन्त्री नबन्ने समेत बताए ।

भट्टराईले भने ‘धेरै वर्ष संगै काम गरेका प्रचण्डलाई सम्मान गर्छु तर म प्रचण्डको ठाउँमा भएको भए म सत्तामा जाँदैन थेँ ।’  पहिलो संविधानसभामा माओवादी र कांग्रेस नमिल्दा ‘कहिले माधवकुमार नेपाल त कहिले झलनाथ खनालको टाउकोमा हाल्ने काम’ भएको भन्दै उनले भने, ‘अहिले विचरा प्रचण्डजीको टाउकोमा हालिएको तर्क गरेँ ।

पत्रकार अनिल थापाले लेखेकाे ‘अविराम बाबुराम’ पुस्तक  सार्वजनिक बाबुराम भट्टराइका बुबा   भोजराज भट्टराईले गर्नुभएको थियो । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको वाल्यकालदेखि अहिलेसम्म आईपुग्दाको घटनाक्रमलाई समावेश गरी लेखिएको पुस्तक  आज महेन्द्र पुलिस क्लव काठमाडाैँमा सार्वजनिक गरिएको हो ।

अविराम बाबुराम’ पुस्तकमा गैरकम्युनिस्ट बाबुराम कम्युनिस्ट बने र राजनीति नयाँ चरणमा प्रवेश गरेपछि माओवादी आन्दोलन त्यागे । पढाइमा सधैंभरि प्रथम भएका बाबुराम माओवादी पार्टीमा दोस्रो भइरहे र अहिले राजनीतिमा वैकल्पिक धार दिने भन्दै पहिलो ‘पोजिसन’ मा बसेर आफ्नो पार्टीको नेतृत्व गरेको घटनाक्रमलाई लेखक अनिल थापाले  पुस्तकमा उठाएका छन् ।

बाबुराम किन राजनीतिमा लागे, किन माओवादी बने, र किन फेरि माओवादी आन्दोलन त्यागे, यी लगायत माओवादी आन्दोलन र सत्ता सञ्चालनसम्बन्धी उनका अवधारणा पनि यस पुस्तकमा समेटिएका छन् । एसएलसीको बोर्ड ‘फस्ट’ ले काठमाडौं ल्याइपुर्‍याएको बाबुरामलाई आईएस्सीको ‘फस्ट’ ले भारतको चण्डीगढ पुर्‍याउँछ । त्यहाँ पनि पढाइमा अब्बल हुँदै पढाइको यात्रा दिल्ली पुगेको किताबमा उल्लेख छ ।

दिल्ली गए लगत्तै   विद्यार्थीको हकहितका लागि गैर राजनीतिक चरित्रको विद्यार्थी संगठन खोल्न पुगेपछि गैर राजनीतिक पृष्ठभूमिका उनी डेमोक्र्याट्स विचारका भए तर, भारतमा रहेका नेपाली मजदुरहरुले पाएको कष्ट देखेका  बाबुरामलाई मार्क्सवादी पुस्तकको अध्ययनले कम्युनिष्ट बनाउँछ । नेपालमा आर्थिक विकास र समृद्धिका लागि आन्तरिक रुपमा प्रजातन्त्र बलियो हुनुपर्ने उनको धारणा बनेको समेत किताबमा व्याख्या गरिएको छ ।

बाहृय रुपमा भारतसँग भएको सुगौली सन्धि र १९५० को सन्धिका विरोधी बाबुराम परनिर्भरता हटाउन असमान सन्धि सम्झौता खारेज हुनुपर्ने धारणा राख्छन् । विद्यार्थीकालदेखिको उनको यो चेतना मसाल, एकता केन्द्र, माओवादी हुँदै नयाँ शक्तिसम्म पुग्दा समेतको छटनाक्रमलाई यस पुस्तकमा समावेश गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।