क्याम्पस प्रमुख नियुक्त नहुँदा दैनिक कामकाज ठप्प

1012639_501320583273653_307564442_n_5885c1cab2१७ भदाै, काठमाडौँ । भोजपुर जिल्लामा रहेको त्रिभुवन विश्वविद्यालयको एक मात्र आँगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त नहुँदा दैनिक कामकाज ठप्प भएको छ ।

क्याम्पस प्रमुखको पद रिक्त भएको कारण आर्थिक कारोवार ठप्प भई दैनिक कामकाजमा समेत समस्या परेको क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले बताए । अहिले स्नातक तहको परीक्षा सञ्चालन भइरहेको अवस्थामा दैनिक प्रशासनीक र आर्थिक काम कारवाहीको समेत सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै तत्काल क्याम्पस प्रमुखको व्यवस्था गर्न उपकुलपतिलाई माग गरिएको सहायक क्याम्पस प्रमुख प्रकाश राईले बताए ।

तत्कालीन क्याम्पस प्रमुख हेमन्त राईले गत बैशाख २६ गते चार वर्षे कार्यकाल पुरा गरेसंगै क्याम्पस प्रमुखको पद रिक्त भएको हो । त्रिवि कार्यकारी परिषद्ले गत जेष्ठ २ गतेदेखि तीन महिने कार्यकालको लागि निमित्त क्याम्पस प्रमुखको रुपमा शिक्षक निमा शेर्पालाई नियुक्त गरेकोमा उहाँको समेत गत भाद्र २ गते कार्यकाल समाप्त भएपछि दुई सातादेखि क्याम्पस नेतृत्व विहिन बन्न  पुगेको हो ।

त्रिभुवन विश्वविद्यालय स्वायत्त निकाय भएकोले विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ५२ को नियम १८५ मा शैक्षिक, आर्थिक तथा प्रशासनीक कार्य सञ्चालनको लागि हरेक आँगिक क्याम्पसमा पुरा समय काम गर्ने पदाधिकारीको रुपमा क्याम्पस प्रमुख रहने व्यवस्था छ ।

क्याम्पस प्रमुख नियुक्तिको लागि शिक्षाध्यक्षको सिफारिसमा शैक्षिक विशिष्टता प्राप्त गरेका वरिष्ठ शिक्षकहरुमध्येबाट कार्यकारी परिषद्ले क्याम्पस प्रमुख नियुक्त गर्ने भन्ने उल्लेख गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा क्याम्पस प्रमुखहरु राजनीतिक भागबण्डाका आधारमा नियुक्त हुने हुँदा भोजपुर बहुमुखी क्याम्पसमा पनि क्याम्पस प्रमुख नियुक्तिमा ढिलाइृ भई रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले