मुलुकको आर्थिक विकास र समृद्धिमा युवाको भूमिका मुख्य : भट्टराई

baburam-57c4280e78d653.32976988१६ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको भूमिका मुख्य हुने बताएका छन् । उनले पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न सर्वसाधारणसँगको नियमित भेटघाटका क्रममा यस्तो बताएका हुन् । नयाँ शक्तिले विकासमुखी राजनीति गर्न जनदबाबमार्फत चेतना अभिवृद्धि गर्ने बताउँदै त्यसका लागि युवा विद्यार्थीहरुको सक्रिय भूमिका रहनुपर्नेमा भट्टराईले जोड दिएका थिए ।

उनले नयाँ शक्तिले लिएको विकास र समृद्धको मुद्दालाई युवा पुस्ताले मात्रै ठीक ढंगबाट ग्रहण गर्नसक्ने बताउँदै भने ‘नयाँ शक्ति भनेको युवा, विद्यार्थीहरुकै बढी सरोकारको विषय हो । त्यसकारण हामी नियमित रुपमा युवाविद्यार्थीसँग अन्तरक्रियामा रहनेछौं ।’ उनले बढ्दै गएको युवा पलायनतालाई रोकेर मात्र मुलुकको विकास संभव भएको बताए ।

आफ्नो प्रधानमन्त्रित्वकालमा सुरु गरेको युवा स्वरोजगारको प्रसंग उल्लेख गर्दै भने, ‘राज्यले सबैलाई आफैंले रोजगारी दिन सक्दैन तर रोजगारी र स्वरोजगारका लागि उपयुक्त नीति बनाउनु राज्यको दायित्व हो ।’ राज्यले उद्यमशीलताको वातावरण बनाई पूर्वाधार तयार गर्नुपर्ने र वित्तीय पहुँचको व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो ।

‘वित्तीय पहुँचको उपयुक्त नीतिले बैंकमा थुप्रिएर बसेको खर्बौं रुपैंयाको परिचालन हुनm सक्छ’ उनले भने, ‘त्यो पूँजीको प्रयोगबाटै मुलुकमा उद्यमशीलताको विकास हुन्छ र त्यसले समृद्धिको आधार तयार गर्छ ।’ अहिलेसम्म मुलुकमा राजनीतिक अधिकारका लागि संघर्षहरु गरिएकोमा अबको संघर्ष आर्थिक समृद्धि र प्रगतिका लागि हुनुपर्ने बताए ।

‘नेपालमा लोकतान्त्रिक र समन्यायिक अधिकारका लागि यति धेरै संघर्ष भए’ उनले भने, ‘अब हामी विकास र समृद्धिको दिशामा नगएसम्म त्यो राजनीतिक अधिकार पूरा हुँदैन, त्यसैले अबको राजनीतिक एजेण्डा विकासमुखी नै हुनुपर्छ ।’ पछिल्लो समयमा राजनीतिक दलहरुले जनताका मुद्दा छाडेर बरालिन पुगेको संकेत गर्दै नयाँ शक्तिले जनताका सरोकारका सवाललाई प्रमुखताका साथ उठान गर्ने र नयाँ शक्ति नीतिगत रुपमा जनताको प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा