August 31, 2016

नेपाली सेनाको आवश्यकता अनुसार पुनःसंरचना हुन्छ : खाँड

download (5)१५ भदाै, चितवन  । नेपाली सेनाको आवश्यकता अनुसार पुनःसंरचना हुने रक्षामन्त्री   बालकृष्ण खाँडले बताएका छन् ।  चितवन पुगेका मन्त्री खाँडले बुधबार यहाँ पत्रकारसँगकाे भेटमा कुरा गर्दै यस्ताे वाताएका हुन् ।

 पत्रकारसँग कुरा गर्दै खाडले भने, नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुन्छ । त्यसबारेमा अध्ययन र छलफल भइरहेको छ।’ उनले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पुर्याएको भूमिका महत्वपूर्ण रहेको बताएका छन्  । यस्तै खाडले संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिने र त्यसका लागि सरकारले गृहकार्य सुरु गरिसकेको समेत वताएका छन् ।

मधेसवादी दलले राखेका मागको सम्बोधनपछि मात्र उनीहरु सरकारमा आउने वा नआउने टुङ्गो लाग्ने पनि मन्त्री खाँडले बताए। संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले स्थानीय निकायको निर्वाचन समयमा नै हुने बताए। संविधान निर्माणमा जुटेका तीन ठूला दल संविधान कार्यान्वयनमा पनि एक हुने विश्वास उनले व्यक्त गरे। राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको केन्द्रमा पुग्न बास बस्नुपर्ने अवस्था आउन नहुने र सानो भएर खर्च नधान्ने पनि हुन नहुने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

वैशाख ६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई