August 28, 2016

भवन आचार संहिता जुनसुकै हालतमा लागु गर्छु, केसी

download (5)१२, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिता पूर्णरुपमा लागु गरेरै छाड्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री केसीले भवन आचार संहिता जुनसुकै हालतमा लागु गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आईतवार भएको साक्षात्कारमा बोल्दै मन्त्री केसीले व्यवस्थित् बसोबासको लागि सरकारले जारी गरेको आचारसंहिता पालना नगर्नेलाई आफूले अप्रिय निर्णय लिने समेत चेतावनी दिएका छन् । थपे,‘सुधार गर्नुपर्ने भए तीन दिनभित्र पेश गर्न निर्देशन दिन्छु, होईन भने संहिता कडाईका साथ लागु गर्छु, आचारसंहिता मान्नुभएन भने मैले अप्रिय निर्णय गर्नुपर्ने हुन्छ ।’केसीले भने ।

ठूला भवन निर्माण गर्दैमा सहरको विकास नहुने भन्दै यसलाई आचारसंहिता अनुसार अघि बढाईनेगरि आफूले काम गर्ने मन्त्री केसीको भनाई छ  । उनले सहरलाई सुसंस्कृत र सुन्दर बनाउनको लागि विद्युत, खानेपानीजस्ता सुविधाहरुको समेत व्यवस्था गर्नुपर्ने भएकाले आफूले सोही बमोजिम काम गर्ने विश्वास व्यक्त गरे ।  बाग्मतीको सभ्यता विकास गर्नको लागि वास्तविक सुकुम्बासीको पहिचान गरेर वैकल्पिक व्यवस्था गर्ने उनको भनाई थियो । उनले ऐतिहासिक महत्व बोेकेका पुरातात्विक, धार्मिक, साँस्कृतिक, प्राकृतिक लगायतका धरोहर र सम्पदाहरुलाई संरक्षण एवम् व्यवस्थित् गर्ने बताए ।

अहिले सरकारको प्रमुख दायित्व भनेको नै संविधानलाई सबैको सर्वस्विकार्य बनाउनु र यसको पूर्ण कार्यान्वयन गर्नु रहेको उल्लेख गर्दै केसीले भने,‘संविधान कार्यान्वयन गर्नु नै यो सरकारको प्रमुख दायित्व हो, हामी पूर्ण प्रतिबद्ध छ ।’ उनले संविधान कार्यान्वयन गर्नुअघि मधेशी, थारु, जनजाति, आदिवासी लगायतको प्रश्नको सम्बोधन गर्नुपर्ने आवश्यकत्ता औंल्याए । आगामी ०७४ साल माघ ७ गतेभित्र तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपनि अहिलेको सरकारको दायित्व भएको केसीले बताए । उनले तीनवटै निकायको निर्वाचन समयभित्रै सम्पन्न गर्न नसकिए संविधान कार्यान्वयनमा असर पर्ने चिन्ता व्यक्त गरे ।

उनले अघि थपे,‘संविधान नै विघटन गर्ने स्थिति हुन्छ, त्यसैले सबै पार्टीहरुले यसको संरक्षण गर्ने दायित्व निर्वाह गर्नुपर्छ ।’ उनले एमालेले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नेमा आफू विश्वस्त रहेको स्पष्ट पारे । केसीले भने ,‘एमाले संविधान संरक्षण गर्ने दायित्वबाट पर सर्दैन भन्नेमा म पूर्ण विश्वस्त छु ।’ केसीले प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र मधेशवादी दलहरुवीच सहमति गर्नुपर्ने धारणा समेत राखे । उनले संविधान संशोधन प्रक्रिया समेत छिट्टै अगाडि बढाउने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि