पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

goraebahadur-khapanngi१२, काठमाडौं । पूर्व मन्त्री तथा जनजाति आन्दोलनका नेता गोरेबहादुर खपाङ्गीको गएराति निधन भएको छ । न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा हिजो राति १० बजेर २२ मिनेटमा उनको निधन भएको आईफाका महासचिव सञ्जोग लाफा मगरले जानकारी दिए ।

नेपाल अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा राष्ट्रिय सभागृह अगाडि २०७० बैशाख १२ गते मोटरसाइकलले ठक्कर दिएपछि उनी लगातार उपचार गराइरहेका थिए । ठक्करले उनको टाउकोमा चोट लागेको थियो । उपचारको लागि उनलाई सिंगापुरसमेत लगिएको थियो ।

२००३ साउन २५ मा उदयपुरको थाक्लेमा जन्मिएका खपाङ्गीको परिवार महोत्तरीको रामनगरमा बसाईं सरी आएको थियो । हाल उनको परिवार ललितपुरको नख्खुमा डेरा गरी बसेको छ । उनको २ छोरा र २ छोरी छन् ।

२०५९ मा तत्कालिन राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा खपाङ्गी महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए । जनजातिहरुले दशैं मनाउन नहुँदै तर्क गर्दै आएका खपाङ्गीले त्यही समयमा राजाको हातबाट दशैंको टीका थापेको दृश्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक