तीज महोत्सव शुरु

OLYMPUS DIGITAL CAMERA

११, धनगढी । तिज नजिकीदै गर्दा महिलाहरुले महोत्सव शुरु गरेका छन । हिन्दु महिलाको महान चाडको अवसरमा आजदेखि कैलालीको उद्योग वाणिज्य संघमा महिलाहरुले सो महोत्सव शुरु गरेका हुन् । आर्थिक समृद्धि तथा संस्कृति संरक्षण महिला व्यवसायी भन्ने नाराका साथ शुरु भएको सो महोत्सव तीन दिन सम्म चल्ने छ ।

महोत्सवमा भोलीबाट प्रतियोगिता शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुनेलाई २५ सय, दोस्रोलाई दुई हजार र तेस्रोलाई १५ सय नगद सहित पुरस्कार प्रदान गरिने महिला उद्यमी एंव कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष रुकमणी देवकोटाले जानकारी दिईन् ।

सहभागिहरुले आप्mनै भाषा र लयमा नाँच गान गर्नुपर्ने जनाईएको छ । महिला उद्यमी विकास समितिका अध्यक्ष विष्णु पुरीको अध्यक्षतामा भएको कार्यक्रमकामा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेका थिए ।

यस्तै, तीजको अवसरमा धनगढी उपमहानगरपालिकाका मन्दिरहरुमा महिलाहरुले तीजका गानामा नाचगान र रमाईलो गर्नमा व्यस्त छन् । नजिकिदै गरेको हिन्दु महिलाको महान पर्व तीजको चहलपहल पनि बजारमा बढ्दै गएको छ । प्रतियोगितामा एक सय ५० महिलाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा