तीज महोत्सव शुरु

OLYMPUS DIGITAL CAMERA

११, धनगढी । तिज नजिकीदै गर्दा महिलाहरुले महोत्सव शुरु गरेका छन । हिन्दु महिलाको महान चाडको अवसरमा आजदेखि कैलालीको उद्योग वाणिज्य संघमा महिलाहरुले सो महोत्सव शुरु गरेका हुन् । आर्थिक समृद्धि तथा संस्कृति संरक्षण महिला व्यवसायी भन्ने नाराका साथ शुरु भएको सो महोत्सव तीन दिन सम्म चल्ने छ ।

महोत्सवमा भोलीबाट प्रतियोगिता शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुनेलाई २५ सय, दोस्रोलाई दुई हजार र तेस्रोलाई १५ सय नगद सहित पुरस्कार प्रदान गरिने महिला उद्यमी एंव कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष रुकमणी देवकोटाले जानकारी दिईन् ।

सहभागिहरुले आप्mनै भाषा र लयमा नाँच गान गर्नुपर्ने जनाईएको छ । महिला उद्यमी विकास समितिका अध्यक्ष विष्णु पुरीको अध्यक्षतामा भएको कार्यक्रमकामा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेका थिए ।

यस्तै, तीजको अवसरमा धनगढी उपमहानगरपालिकाका मन्दिरहरुमा महिलाहरुले तीजका गानामा नाचगान र रमाईलो गर्नमा व्यस्त छन् । नजिकिदै गरेको हिन्दु महिलाको महान पर्व तीजको चहलपहल पनि बजारमा बढ्दै गएको छ । प्रतियोगितामा एक सय ५० महिलाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको