काठमाडौं – नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले मिति २०७३ भाद्र ७ गतेको मितिमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई पत्र लेखी नयाँ शक्ति, पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएकोे जानकारी दिएको हो । आयोगको दल दर्ता किताब अनुसार नयाँ शक्ति पार्टी, नेपालको दर्ता नं. रा. ५६ रहेको आयोगको पत्रमा उल्लेख छ ।
आयोगको २०७३ भाद्र ५ गतेको बैठकबाट निर्वाचन प्रयोजनका लागि नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरिएको जनाउँदै पत्रमा उल्लेख छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम उक्त नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरी दिने तथा सो दलको कार्यकारी समिति, विधान (निर्वाचन चिन्ह सम्बन्धी प्रावधान बाहेक) र झण्डालाई प्रमाणित गरी दिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’ आयोगको पत्र अनुसार नयाँ शक्तिको चुनावचिन्ह भने स्वीकृत भएको छैन । ‘हाललाई आयोगले चुनाव चिन्हसम्बन्धी प्रावधान स्थगित गरी दल दर्ता गरेको छ’ नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले भने, ‘आयोगले निर्वाचन चिन्हको बारेमा पछि निर्णय गर्ने जनाएको छ’ गत असार २६ गते नयाँ शक्ति, पार्टी नेपालले संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा निर्वाचन आयोग पुगी राजनीतिक दल दर्ताका लागि निवेदन दिएको थियो ।
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने
२०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी
जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा
पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र
काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच
काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी