हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्। बुधबार झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन तोकिएको मितिमै एकै चरणमा हुनुपर्ने बताए।

अध्यक्ष ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका पार्टी कार्यकर्तालाई समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा फर्कन निर्देशन दिएका छन्। निर्वाचनको माहोल बनाउँदै पार्टीको पक्षमा जनमत सिर्जना गर्न, आफन्त र साथीभाइसँग भेटघाट गर्न तथा पार्टी र नेतृत्वविरुद्ध फैलाइएका भ्रम चिर्न आग्रह गरे।

प्रधानमन्त्रीको उम्मेदवार भन्दै अनुभव नभएका व्यक्तिहरूले प्रचार गरिरहेको प्रसंगमा व्यंग्य गर्दै ओलीले देश चलाउने सोच, अनुभव र क्षमताविना नेतृत्व सम्भव नहुने बताए। उनले जहाजको उदाहरण दिँदै यात्रुले पाइलट बन्न खोजे जस्तै अनुभवहीन व्यक्तिले देशको नेतृत्व दाबी गर्नु जोखिमपूर्ण हुने टिप्पणी गरे।

निर्वाचन निष्पक्ष, धाँधलीरहित र भय–त्रास तथा प्रलोभनविनाको वातावरणमा हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले मतपेटिका सुरक्षामा पार्टी प्रतिनिधिहरू सधैं सजग रहनुपर्ने बताए। एमालेले निर्वाचन शानदार रूपमा जित्ने दाबी गर्दै उनले कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचार–प्रसारमा जुट्न निर्देशन दिए।

कार्यक्रममा पार्टीका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नि खरेललगायत नेताहरूले पनि कार्यकर्तालाई निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हुन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा